नेपाल राष्ट्रिय शिक्षक संगठन अन्नपूर्णमा भण्डारी

आदर्श समाज सम्वाददाता
फागुन २७, २०८०
NNTA news

अन्नपूर्ण । नेपाल राष्ट्रिय शिक्षक संगठन अन्नपूर्ण गाउँपालिकाको पाँचौं गाउँ परिषद् तथा तेस्रो अधिवेशन हरि भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

नयाँ कार्यसमितिको खुला उपाध्यक्षमा हरि केसी, महिला उपाध्यक्षमा इन्द्रा गुरुङ र सचिपमा कीर्तिराज ढकाल निर्वाचित भए । यसै गरी कोषाध्यक्षमा कृष्णप्रसाद भण्डारी, सहसचिवमा सुनिता पौडेल, सह कोषाध्यक्षमा सुजनकुमारी अर्याल निर्वाचित भएका छन् । अधिवेशनले कार्यसमिति सदस्यहरू र जिल्ला अधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक तीर्थराज ढकालले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल राष्ट्रिय शिक्षक संगठन, गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेलले शिक्षकहरूले आफ्नो पेसामा गर्व गर्दै विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न सके आफ्ना हक र अधिकार माग्न अरू कसैसँग डराउन नपर्ने बताए ।

विशेष अतिथि अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले सम्बोधन गरेको सो कार्यक्रममा गाउँपालिका शिक्षा, युवा र खेलकुद शाखाका प्रमुख बलराम भुगाइँ, संगठनका गण्डकीका सदस्य उमनाथ गौतम, कास्कीका उपाध्यक्ष हर्कबहादुर लामिछाने, बसन्धरा पौडेल, सचिव तीर्थराज ढकाल, कोषाध्यक्ष यमनाथ सुवेदी, सचिवालय सदस्य दामोदर तिमिल्सिना समेतले भनाइ राखेका थिए ।

सोही कार्यक्रममा लामो समय शिक्षा सेवा गर्दै भर्खरै सेवा निवृत्त शिक्षक महेन्द्रबहादुर कुँवर र संगठनका नवनिर्वाचित गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेललाई सम्मान गरिएको थियो ।

परिषद् भेलाले अध्यक्षको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन, अन्नपूर्ण गाउँपालिका सचिव हरि भण्डारीको सञ्चालन र अध्यक्ष तोरणबहादुर केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै