सत्ता गठबन्धन टुट्यो, एमालेसहितका दल सरकारमा जाने

आदर्श समाज सम्वाददाता
फागुन २१, २०८०
oli

पोखरा । माओवादी–कांग्रेससहितको सत्ता गठबन्धन अन्ततः टुटेको छ । बालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठकको स्रोत अनुसार सोमबार नै माओवादी नेतृत्वमा नयाँ मन्त्रिमण्डल बन्ने सहमति जुटेको छ । गत पुस १० मा बनेको गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ ।

गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो ।

गएराति अध्यक्षहरूको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अगाडि बढाउने र सत्ता गठबन्धन पनि परिवर्तन गर्नेबारेमा छलफल भएको र त्यसबारे सोमबारको बैठकले मूर्तरुप लिने जनाइएके छ ।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ । सरकार निर्माणमा लागि १३८ जना सांसद आवश्यक पर्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width