जिल्ला खेलकुदलाई रंगशाला व्यवस्थापन जिम्मा

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
Rangasala Photo 1

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले पोखरा रंगशाला व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गरेको छ ।

परिषद् अध्यक्ष एवं गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाको अध्यक्षतामा बसेको परिषद्को सातौं बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

परिषदको निर्देशनअनुसार गठित पोखरा रंगशाला व्यवस्थापन सहजीकरण समितिले पेस गरेको सुझाव र प्रतिवेदन आधारमा परिषद्को अर्को निर्णय नभएसम्म रंगशालाको व्यवस्थापन समिति कास्कीलाई दिने निर्णय गर्नुका साथै रंगशालाबाट प्राप्त आम्दानी÷खर्च ३÷३ महिनामा परिषद्बाट स्वीकृत गराई खर्च गर्न सक्ने गरी जिल्ला खेलकुद विकास समिति कास्कीको प्रस्तावित निर्णयलाई परिषद्को बैठकले अनुमोदन र समर्थन गर्ने निर्णय गरेको छ ।

यो निर्णयसँगै रंगशालाको सरसफाइ, मर्मत सम्भार, सुरक्षा व्यवस्थापन, पानी र विद्युतीकरणलगायत सम्पूर्ण खेल संघलाई सबै खेलका प्रशिक्षण रंगशाला केन्द्रितको व्यवस्था मिलाउन समेत समिति कास्कीलाई जम्मेवारी दिने गरी निर्णय गरेको छ । साथै योग खेलको विकास र प्रवद्र्धनका लागि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्यतर्फले योग अभ्यास र आयुर्वेद सञ्चालनका लागि उपयुक्त कोठा उपलब्ध गराउने निर्णय गरेको छ ।

सो निर्णय कार्यान्वयनका लागि पोखरा रंगशाला व्ययस्थापन सहजीकरण समितिलाई जिम्मेवारी समेत तोकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width