‘विश्वम्भरा’ माथि विमर्श

आदर्श समाज सम्वाददाता
माघ ६, २०८०
Biswhambhara

पोखरा। नेपाली लेखक संघ कास्कीको आयोजनामा कवयित्री भगवती बस्नेतको छन्द कविता संंग्रह विश्वम्भरामाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

बस्नेतको कृतिमाथि कवि तारानाथ पराजुलीले परिचर्चा गरेका थिए । सहभागी कविहरूमध्ये शिव त्रिपाठी, शुभ शर्मा र निकेश गिरीले पुस्तकबाट १/१ थान कवितावाचन गरेका थिए । ।
संस्थाका अध्यक्ष रीता अधिकारी ऋतुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ सरुभक्त, कवयित्री भगवती बस्नेत, छन्द बचाउँ अभियानका नायक माधव वियोगी, नेपाली लेखक संघ गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नेपाली लेखक संघ केन्द्रीय सचिव डा. गणेश शर्मा मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाका सचिव प्राञ्जलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width