अक्षरयात्राको २०६ औं शृंखला

आदर्श समाज सम्वाददाता
पौष २२, २०८०
letter tour

पोखरा । पर्यटकीय साहित्यिक कार्यक्रम ‘अक्षरयात्रा’ को २०६ औं शृंखला पोखरा ५, मालेपाटनस्थित मनकामना मन्दिर परिसरमा सम्पन्न भयो ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समिति अध्यक्ष पुष्पराज बरालले ‘धार्मिक सांस्कृतिक संस्थाहरु र साहित्यकारले गर्ने कामको अन्तर्वस्तु भनेको देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवं विकास भएको बतँए । विभिन्न ठाउँमा गइ कार्यक्रम गर्नु प्रशंसनीय काम भएको र दुई दशकदेखि निरन्तर कार्यक्रम गर्नु आफँैमा चुनौती हो भने ।

यात्राका परिकल्पनाकारमध्येका एक लक्ष्मण थापाले विभिन्न ठाउँमा गइ तत्स्थानमा सिर्जना गरिएका रचना वाचन गर्ने यस कार्यक्रमले सर्जकलाई पनि नयाँ विषयवस्तु प्राप्त हुने र ती ठाउँको पनि प्रचार हुने भएकोले यस यात्राले पर्यटकीय प्रवद्र्धनमा पनि मद्दत पुग्ने बताए ।

कार्यक्रममा नेपाली लेखक संघ, गण्डकी अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नेपाली लेखक संघ कास्की अध्यक्ष रीता अधिकारी ‘ऋतु’, श्रीराम अधिकारी गोर्जे, ढाकामोहन बराल, लक्ष्मी देवकोटा, शोभाकान्त गौंडेल, त्रिलोचन सापकोटा, चित्रप्रसाद बराल, रामप्रसाद पौडेल, मेघनाथ कुँवरले रचना वाचन गरेका थिए ।

गजल सन्ध्याका सदस्य माधव खतिवडा र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज बरालको संयुक्त अध्यक्षतामा सो कार्यक्रम भएको हो । अक्षरयात्रा २०६२ देखि सुरु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width