लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

रामशरण नेपाली
पौष १५, २०८०
Mahotsab-ma-Kabi-Lekhnath

लेखनाथ ।  ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा आईतबार कवि लेखनाथको समझनामा विशेष कार्यक्रमको आयोजना गरियो ।

कवि लेखनाथ पौड्यालको १४०औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थिया ।

कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले कविका कृति र रचनाहरुका कारण उहाँ हामिमाझ अजर र अमर रहिरहनुभएको वताउँदै सबैले आफ्नो जिवनमा असल एवं भावि पुस्ताले सम्झन लायक कर्म गर्नुपर्ने वताएका थिए ।

अध्यक्ष श्रेष्ठले कवि शिरोमणिको योगदानलाई जीवन्त राख्ने गरी महोत्सवस्थलमा उहाँको जन्मघर हेर्ने व्यवस्था मिलाइएको वताउँदै यसको परिकल्पनाकार व्यवसायी विश्वगोपाल श्रेष्ठप्रति धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा कवि लेखनाथका रचनाहरु वाचन गर्दै सघका पुर्वअध्यक्ष चतुराखर अधिकारीले कविका रचनाहरु प्रकृति र मानवतावादी रहेको र त्यसबेला रचना गरिएका कृतिहरु अहिलेको समयमा पनि सान्र्दभिक रहेको वताउँदै नेपाली कविताको श्रीवृद्धिमा कविशिरोमणि लेखनाथ पौड्यालको महत्वपूर्ण र विशिष्ट योगदान रहेको बताएका थिए ।
उक्त अवसरमा धन्यवाद व्यक्त गर्दै महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले पूर्वीय दर्शनभित्र लुकेर बसेका जटिलतालाई व्यावहारिक रूपमा सिर्जनामार्फत सर्वसाधारणसम्म पु¥याउने काम गरेको वताउँदै सामाजिक चेतना र जागरणको आवाज कवितामार्फत उठाउन कवि लेखनाथको विशेष भूमिका रहेको वताएका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवको ११ औं दिन आईतबार मात्रै ८० लाख बराबरको कारोबार भएको र हालसम्म ८ करोड ५० लाखको कारोबार भएको प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए ।

यसै गरी महोत्सवको हालसम्म ३ लाख दर्शकहरुले अवलोकन गरेका छन । आईतबार मात्रै २० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले जानकारी दिईन ।

हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखीएको दर्शकहरुको उपस्थीती र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले वताए ।

आईतबार लोकदोहोरी कलाकारहरु राजु परियार, जलुमाया गुरुङ, श्रीराम थापा, ईन्द्रा गुरुङ, मञ्जु वि.क., रामप्रसाद ढकाल, पुजा गुरुङ बाल कलाकार प्रिन्स लम्साल लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ पवन खतिवडा‘म्याकुरी’ र बेलुका लाईभ कन्सर्टमा र्यापर विवश जेके, डेभिड शंकर र ओम गुरुङ लगायतले स्टेज तताएका थिए ।

आईतबार लोकदोहोरी कलाकारहरु पार्वती जिसी, शिवहरी ढुंगाना, सुमन परियार, ध्रुव जि.सी, लक्ष्मी नेपाली, गगन गुरुङ, देवी महतो, दिपक अधिकारी, नविना सुवेदी र माधव चापागाई लगायतको प्रस्तुती रहनेछ ।

महोत्सवको सोमबार नै एक समारोहका विच पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्यले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width