पोखरा रंगशालामा २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस जारी

आदर्श समाज सम्वाददाता
पौष १२, २०८०
Tennis Day 3

पोखरा । पोखरा रंगशालामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा पहिलो चरणका खेल सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघ आयोजना एवं माछापुच्छ्रे बैंक मुख्य प्रायोजनमा भएको प्रतियोगितामा ओपन सिंगल्स पुरुषतर्फ निशान श्रेष्ठले ज्वेल राणालाई ६–३, ६–२ ले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गर्दा संरक्षक भुषण बज्राचार्यले प्रितम परियारलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाउँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै, आशीष खड्काले निशाद जोशीलाई ६–०, ६–० र ऋतिक रानाले सिद्धान्त डेकालाई ६–२, ६–१ ले पराजित गरी अन्तिम ८ मा स्थान पक्का गरे ।

महिला सिंगल्सतर्फ सुभांगी शाहले प्रशंसा मोक्तानलाई १–६, ६–२ र ६–३ को सेटमा पराजित गर्दा माहिका राणाले क्याथ्रिन लामालाई वाक आउट दिइन् । श्रेया भट्टराईले जेनी खड्कालाई २–६, ६–४ र ६–१ ले पाखा लगाइन् । मेन्स ओपन डबल्सतर्फ प्रवण मानन्धर र राजविर प्रधानको जोडीले प्रदीप खड्का र नेहाल जंगबहादुर थापाको जोडीलाई टाइब्रेकरमा पराजित गर्दा संरक्षक र सम्यक भुषण बज्राचार्यको जोडीले आर्यन गिरी र आरभ सम्राट हाडाको जोडीलाई सोझो सेटमा पराजित गरे ।

अभिनन्सु ठाकुर र शिद्धान्त डेकाको जोडी आशीष खड्का र सौगात विकको जोडीलाई ७–६, ६–२ ले पराजित गर्दा ऋतिक राना र निशान श्रेष्ठको जोडीले गोविन्द नेपाली र युगेन शेर्पाको जोडीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरी क्वाटरफाइनल पुगे ।

३५ वर्षमाथि सिंगल्समा सिमान्त गुरुङले छोमबहादुर शाहलाई ६–१, ६–१ को सेटमा पराजित गर्दा अनिल शाहीले कृष्णदेव उप्रेतीलाई ६–०, ६–१, भीष्म गुरुङले अक्षय थापालाई ६–२, ६–२ र कमल भण्डारीले प्रकाशराज वाग्लेलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे ।

४५ वर्षमाथि भेट्रान्स सिंगल्समा रोहित सुनुवारले विकास गुरुङलाई टाइब्रेकरमा पाखा लगाउँदा माधव भण्डारीले विष्णु चापागार्इंलाई ६–०, ६–० को सोझो सेटमा हराए । प्रदीप शाहले मीनबहादुर पुनलाई ६–३, ६–३, उत्तम बोगोटीले अमृत कार्कीलाई टाइब्रेकरमा ६–३, ३–६ र १०–६ ले पराजित गरे । गोपीबहादुर भट्टराईले तेज लीलाई ६–१, ७–५, मछिन्द्र थापाले भीष्मराज पौडेललाई ६–४, ६–३, छेवाङ लामाले केवी तामाङलाई ६–१, ६–३, महेश श्रेष्ठले अशोक गुरुङलाई ६–१, ६–२ ले पराजित गरी क्वाटरफाइनल पुगे । ४५ वर्षमाथि डबल्समा विकास गुरुङ र शरण गुरुङको जोडीले कृष्णराज गुरुङ र सुवर्णलाई हराए ।

५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले नवाङ लामालाई ६–१, ६–०, धरम लामिछानेले प्रदीप शाहलाई टाइब्रेकरमा ४–६, ६–४ र ११–९ ले हराए । पञ्चबहादुर पुनले इव्राहिम मुस्लिमलाई ६–२, ६–२, ठोङवाम तुलेश्वरले हिमाल शाहलाई ६–०, ६–३ ले पाखा लगाउँदा समीरमान शेरचनले ऋषिराम पण्डितलाई वाक आउट दिएका छन् । राम रानाले हर्कबहादुर गुरुङलाई ६–१, ६–१ ले र जीवन घिमिरेले मोती घलेलाई ६–३, ६–० तथा डियोनम लामाले सुनिल गुरुङलाई ७–६, ७–६ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

६५ वर्षमाथि सिंगल्समा विदुर विष्टले कर्म घलेलाई र मनोजशमशेर जंगबहादुर राणाले ध्रुव गुरुङलाई पराजित गरी फाइनल पुगेका छन् । प्रतियोगिता संयोजक नवीन चालिसेका अनुसार प्रतियोगितामा महिलातर्फ १३ र पुरुषतर्फ २ सय ३ जना खेलाडीले भाग लिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width