मादीको ताङतिङमा गण्डकी प्रज्ञा प्रतिष्ठानको पूर्ण बैठक

आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०८०
gandaki prgya pratisthan 1

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको छैटौं पूर्ण बैठकले प्रतिष्ठानको विनियमावली संशोधनसहित पारित गर्नुका साथै थप केही महत्वपूर्ण निर्णय गरेको छ ।

प्रतिष्ठान सदस्यसचिव मनकुमार श्रेष्ठका अनुसार ताङतिङमा २ दिनसम्म आयोजित बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रतिष्ठानले गरेका कामको मूल्यांकन तथा आगामी कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर घनीभूत छलफल गरेको उनले बताए । प्रतिष्ठानले निर्धारण गरेका कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न कार्यविभाजन समेत गरिएको उनको भनाइ छ ।

प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले सबैको साथ सहयोगका कारण प्रतिष्ठानले आफ्ना गतिविधि प्रभावकारी ढंगले अगाडि बढाउन सफल भएको बताए ।
विम्बकवि रमेश श्रेष्ठले प्रतिष्ठानले हालसम्म गरिरहेका गतिविधि उत्कृष्ट रहेका भन्दै यो लयलाई निरन्तर अगाडि बढाउन आग्रह गरे ।

प्रतिष्ठानका उपकुलपति एवंं विनियमावली संशोधन समिति संयोजक गोरे गुरुङले विनियमावली संशोधनसहित पारितपछि अब आयोजना हुने कार्यक्रम प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

२०७८ बैशाख १५ मा स्थापित प्रतिष्ठानले सीमित स्रोतसाधनबीच कला, साहित्य, संगीत र संस्कृतिको क्षेत्रमा काम गरिरहेको जनाएको छ । यो वर्ष निर्धारण गरिएका ४९ कार्यक्रमध्य ५० प्रतिशत कार्यक्रम सम्पन्न भैसकेको सदस्य सचिव श्रेठले बताए ।

गण्डकी प्रदेश सरकारबाट प्रतिष्ठानको लागि चालु आवमा १ करोड ७९ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेटमा चालुतर्फ १ करोड ५० लाख ६९ हजार र पुँजीगतमा २९ लाख २९ हजार छ ।

Related News

सम्बन्धित समाचार

hero news full width