पोखरा । गायक, मोडल तथा पत्रकार प्रकाश ढकाल त्रिशूली नदी किनारमा मृत फेला परेका छन् । उनको मृत्यु के कति कारणले भयो भन्ने खुल्न सकेको छैन ।
२ दिनदेखि सम्पर्कविहीन उनी पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङस्थित कृष्णभीरमा आइतबार राति ९ बजे मृत फेला परेका हुन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव घनश्याम रिजालले शव ढकालकै भएको पुष्टी गरे ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक अभय लामाले पनि कृष्णभीरमा अन्दाजी ३५/४० वर्षका एक पुरुषको शव फेला परेको बताए । उनी भन्छन्, ‘राति भएको र आफन्त नआइसकेकोले सनाखत हुन बाँकी छ ।’
वारदातस्थलअन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज डिएसपी मदनबहादुर कुँवरले शव भेटिएको स्थान निकै अप्ठेरो रहेको बताउँछन् । छिमेकी गोरखा जिल्लातिरबाट त्रिशूलीमा डुंगा चढेरमात्र आउन सकिने उनले बताए । ‘राति भएकोले शवको फोटोमात्र खिचिएको छ । यसअघि पनि तीन–चार जना हराएको सूचना छ। तर फोटोको आधारमा केहीले पुष्टी गरे पनि परिवार तथा आफन्तले सनाखत नगरेसम्म भन्न मिल्दैन,’ उनी भन्छन् ।
स्याङ्जाका गायक रिजालले रहस्यमय ढंगले ढकालको मृत्यु भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । ‘आफूलाई २ दिनअघि फोन गरेर पोखरा आउँदैछु, कोठा खोजिदिन भनेका प्रिय मान्छेको निधनले निकै दुखी छु,’ रिजालले भने । रिजालका अनुसार ढकाल निकै स्पष्टवक्ता तथा मिलनसार थिए ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा ७, साखर घर भएका ढकाल केही समय दुवई पनि बसेका थिए । पछिल्लो समय हेर्ने कुरा डटकममा आबद्ध उनी नेपाली कांग्रेसनिकट थिए । केही म्यूजिक भिडियोमा उनले अभिनय गरेका छन्।
सामाजिक सञ्जालमा ढकालको निधनप्रति हार्दिक श्रञ्द्धाजलीको बाढी छ।
Related News
सम्बन्धित समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
जाजरकोट भूकम्पपीडितलाई रोटरी नक्साल शक्तिको सहयोग
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
पर्यटन बसपार्क जिम्मा ए वानलाई
hero news full width
मुख्य समाचार
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०