पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले मासिक रुपमा गर्दै आएको समता काव्य सन्ध्याको ३६३ औं शृंखला शनिबार भएको छ । कार्यक्रममा अग्रज साहित्यकार सरुभक्तले पोयुसापले ३० वर्षदेखि लगातार कार्यक्रम गरेर साहित्यको क्षेत्रमा अनुकरणीय काम गरेको बताए । २०३४ सालमा स्थापित पोयुसापले २०५० वैशाखबाट समता काव्य सन्ध्या गर्दै आएको छ ।
त्यसअघि आफू अध्यक्ष भएका बेलामा २०४६ मा मासिक काव्य सन्ध्या सुरु गरेको उनले स्मरण गरे । उनले भने, ‘मेरो कार्यकालभर मासिक रुपमा काव्य सन्ध्या भयो, त्यसपछि बन्द भएको थियो, रमेश अधिकारी अध्यक्ष भएका बेला समता काव्य सन्ध्या सुरु गरिएको हो ।’ त्यस अघि प्रभातकालीन रुपमा विन्ध्यवासिनीमा खुला आकाश, खुला अभिव्यक्ति शीर्षकमा कार्यक्रम गरेको उनले स्मरण गरे । पञ्चायतकालमा त्यसरी जम्मा भएर खुला अभिव्यक्ति राख्न पाउनु नै ठूलो कुरा रहेको भन्दै उनले लेखक साहित्यकारको अभिव्यक्ति खुला हुनुपर्छ भनेर हामीले त्यो कार्यक्रम थालेका थियौं । सरुभक्तले ३० को दशकदेखि लेखेका मुक्तकहरुको सञ्चयन आइतबार पोखरामा लोकार्पण हुँदैछ ।
कार्यक्रममा साहित्यकार एवं पत्रकार रमेश पौडेलले गण्डकी गौरव सरुभक्तको मुक्तक सञ्चयन लोकर्पणकै लागि आफू पोखरा आएको भन्दै पोखराको सिर्जनशीलताप्रति सदा सम्मान रहने बताए ।
कार्यक्रममा ईश्वरमणि अधिकारी, मुकुन्द वस्ती, लक्ष्मण थापा, निकेश गिरी, रोशन तिमिल्सिना, शरण आशु, कौशलचन्द्र जिसी, ऋदिमा रिजाल, रमा खतिवडा, डा. दीपक यात्री, गीता लामिछाने, गायत्री पराजुली, प्रदीप खनाल, गीता अधिकारी, ढाकामोहन बराल, उमेश करेग्मीले रचना वाचन गरेका थिए ।
पोयुसापका अध्यक्ष उपेन्द्र पौडेलले कविताको अघोषित पाठशाला समता काव्य सन्ध्यामा नयाँ सर्जकहरुको सहभागिताले संस्था अझै सबल बनेको बताए । साहित्य संयोजक शरण आशुले स्वागत गरेको कार्यक्रम सञ्चालन शिव त्रिपाठीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सम्बोधिकाको दोस्रो संस्करण माया पब्लिकेशनबाट
फिल्म ‘परदेशी २’ को ५१ औं दिन सेलिब्रेसन
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०