पोखराका कृष्णमणि बराललाई वातावरण पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
असाेज २७, २०८०
krishna madi baral

पोखरा । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन् । अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान पुरस्कृत गरेको हो ।

नेपाल वातावरण पत्रकार समूह पुर्व अध्यक्ष ओम खड्काले बराललाई नगद २५ हजार र सम्मानपत्रले पुरस्कृत गरे । समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार घोषण गर्दै आएको छ । सोही पुरस्कार सस्थाको वार्षिक साधारणसभाको अवसरमा प्रदान गरेको हो ।

सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्याङ्कक आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गरिन्छ ।

समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व महासचिव रमेश भुषाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलत तीन सदस्यीय निर्णायक समितिले पुरस्कारको लागि छनोट गरेको थियो । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२२’ पाउने बराल ३६ औँ पत्रकार हुन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा देशभरकै प्रदूषित सहर

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । पोखराबाट हिमाल नदेखिएको २ हप्ताभन्दा बढी भयो । डाँडा उक्लनहरूले थुम्काबाट न हिमाल देख्न न राम्रोसँग पोखरा ।…
  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…

hero news full width