तारेपहरो डम्ठी वनमा दुर्गादत्त

आदर्श समाज सम्वाददाता
फागुन ९, २०८०
forest

पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा चौथो अधिवेशनले पुनः दुर्गादत्त दाहाल (सूर्य) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्ष धनपति अधिकारी, सचिव दीपकराज दाहाल, कोषाध्यक्ष भृकुटी अधिकारी तथा सहसचिव शोभाखर अधिकारी चयन गरेको छ । सदस्यहरू टेकप्रसाद अधिकारी, भानुभक्त अधिकारी, हरिमाया अधिकारी, धनकुमारी दाहाल, भगवती भण्डारी दाहाल र सरस्वती अधिकारी छन् ।

मनपति अधिकारीको संयोजकत्वमा भूपू वडाध्यक्ष चूडामणि अधिकारी तथा खगराज अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको हो ।
भेलाले नवराज अधिकारीको संयोजकत्वमा चूडामणि अधिकारी र टंकप्रसाद दाहाल सदस्य रहेको लेखा समिति तथा उमनाथ दाहालको संयोजकत्वमा शालिकराम दाहाल र सोमनाथ दाहाल सदस्य रहेको चोरीसिकार नियन्त्रण समिति पनि गठन गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै पालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले सामुदायिक वन नेपालको धन भएको उल्लेख गर्दै वनमार्फत् उपभोक्ताको जीवनस्तर उकासिनुपर्ने बताइन् । उनले वन उद्यममा जोडिन आग्रह गर्दै संरक्षण गर्दै दिगो वन व्यवस्थापनमा ध्यान दिनुपर्ने औँल्याइन् ।

अन्नपूर्ण २ का वडाध्यक्ष पीताम्बर भण्डारी, वन कार्यालयका प्राविधिक थानेश्वर पौडेल, कार्यपालिका सदस्य पुष्पा पुन, वडा सदस्यद्वय माया अधिकारी र भानुभक्त दाहाल, समाजसेवीहरू चूडामणि अधिकारी, खगराज अधिकारी, मनपति अधिकारी, केदारनाथ अधिकारी, पालिका कर्मचारीहरू ठाकुरप्रसाद अधिकारी र डण्डपाणि अधिकारीले पनि भनाइ राखे ।

अध्यक्ष दाहालले समूह दर्ता गर्दाका अनुभव सुनाउँदै वनमार्फत उपभोक्ताको जीविकोपार्जनमा सुधार गर्ने लक्ष्य राखिएको बताए । उनले चोरी सिकारीबाट वनलाई जोगाइएको स्पष्ट पार्दै उत्पादनमूलक रुपमा बेसार, अलैंची, सिल्टीमुरलगायत मसलाजन्य तथा केही फलफूलका बोटहरू लगाइएको जानकारी दिए ।
समूह अध्यक्ष दुर्गादत्त दाहालको अध्यक्षतामा भएको कार्यक्रम सचिव दीपकराज दाहालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width