पोखरा । इन्टरकलेज ब्यान्ड कम्पिटिसनमा पोखरा लिङ्कन कलेजको ‘द लिङ्कन’ ब्यान्ड पहिलो भएको छ ।
पोखरा सांगीतिक कलाकार संघ आयोजनामा पोखरामा पहिलो पल्ट भएको प्रतियोगितामा उत्कृष्ट प्रस्तुति आधारमा द लिङ्कन ब्यान्ड प्रथम हुँदै १ लाख जितेको छ ।
यस्तै, इन्फोमेटिक्स कलेजको ‘द इन्टरभल्स’ व्यान्ड दोस्रो र ग्लोबल कलिजियटको उत्वेग ब्याण्ड तेस्रो भयो । उनीहरुले क्रमशः ५० र २५ हजार प्राप्त गरे । १८ कलेजका २१ ब्यान्डले भाग लिएको प्रतियोगिताको फाइनल राउण्डमा १० ब्याण्ड पुगेका थिए ।
उत्कृष्ट भोकलमा पोखरा लिङ्कनका रोमित गुरुङ, लिड गिटार कालिका माविका अनमोल थापा, रिदम गिटारमा इन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गिटारमा ग्लोवल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिङ्कनका विनोद सुनार उत्कृष्ट घोषित भए । विधागततर्फका उत्कृष्टलाई जनही ५ हजार साथमा प्रमाणपत्र दिइयो ।
विजयीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ), निवर्तमान अध्यक्ष सुनिल थापा, संस्थापक अध्यक्ष श्यामसुङ गुरुङ, सल्लाहकार तीर्थ तामाङ र शेरबहादुर गुरुङ, संघका उपाध्यक्ष टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ, सहसचिव विनोद बानियालगायतले पुरस्कार वितरण गरे ।
समापनमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कला र संगीत देशको पहिचान र सभ्यतासँग जोडिने भन्दै यसको संरक्षण र विकासमा महानगरले सघाउने बताए । उनले विगतमा ब्यान्डहरुको राजधानी बनेको पोखराको त्यो विरासत फर्काउनुपर्ने र त्यसका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले पोखरा ब्यान्ड नै ब्यान्डहरुको सहर भएको बताए । निबार भाष्करध्वज श्रेष्ठको डि–मर्चा ब्यान्ड र शान्तराज बज्राचार्यको देउराली ब्यान्डको विशेष प्रस्तुतिमा दर्शक झुमेका थिए ।
Related News
सम्बन्धित समाचार
मैनादीमा पहिलोपल्ट सुन्तला महोत्सवले किसान उत्साहित
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०