पूर्व सांसद ढाका कुटिएको भ्रम फैलाउने पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०८०
Police Pakrau News

पोखरा । सामाजिक सञ्जालमा झुट्टा सूचना सम्प्रेषण गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका ५, ठुलीबराहाका ३५ वर्षीय सूर्यबहादुर रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठबारे गलत सूचना फैलाएको आरोपमा उनलाई पक्राउ गरी साइबर अपराधअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी विकले बताए ।

पक्राउ परेका रेग्मीले सामाजिक सञ्जालमा ‘रास्वपाका निवर्तमान सांसद डा. श्रेष्ठलाई अज्ञात समूहले घाइते बनाएको र अवस्था चिन्ताजनक रहेको’ गलत सूचना सम्प्रेषण गरेका थिए । सूर्य रेग्मी नाम गरेको फेसबुक आइडीबाट फोटो समेत पोस्ट गरी समाजमा अराजकता, आत्मसम्मानमाथि आघात पुर्‍याउने गरी भ्रम फैलाउने र मेरो जीउज्यानको सुरक्षामा समेत असर परेको भन्दै डा. श्रेष्ठले उजुरी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post