छुट प्रदान गर्ने सम्झौता

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०८१
shalikram

पोखरा । दीर्घायु पोखरा हस्पिटल प्रालि र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई उक्त अस्पतालको विभिन्न सेवामा ५ देखि २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।

दीर्घायु पोखरा हस्पिटल प्रालिका प्रबन्ध निर्देशक राधा कृष्ण पोखरेल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि., सिर्जनाचोक शाखाका शाखा प्रबन्धक लेखनाथ गौतमद्वारा हस्ताक्षरित उक्त सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका पारिवारीक सदस्यले उक्त अस्पतालबाट एक्स–रे शुल्कमा १० प्रतिशत, शल्यक्रिया शुल्कमा २० प्रतिशत, प्रयोगशाला शुल्कमा २० प्रतिशत, बेड शुल्कमा २० प्रतिशत र फार्मेसीमा पनि विशेष छुटको लाभ लिन सक्ने छन् ।

समारोहमा दीर्घायु पोखरा हस्पिटल प्रालितर्फबाट रिलेसन म्यानेजर शालिग्राम गौतम र बैंकका तर्फबाट कर्जा अधिकृत अमृत रेग्मी समेत उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width