‘मुख्यमन्त्रीको पिए हुँ’ भनी ठगी

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०८१
Police News Photo

पोखरा । लेकसाइडस्थित एके टुर्स एन्ड ट्राभल्समा गत २० वैशाखमा फोन आयो । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्ने एक अपरिचित व्यक्तिको स्वरमा उस्तै फूर्तिफार्ती थियो । मुख्यमन्त्रीको मान्छे भनिसकेपछि के काम पर्‍यो ? भन्नै पर्‍यो । ती व्यक्तिले ट्राभलस सञ्चालकलाई

पोखरा–काठमाडौं र काठमाडौं–नेपालगञ्जको टिकट बुक गरिदिन लगाए । र, टिकटवापत रकम क्युआर कोड मार्फत पठाइदिने आश्वासन दिए ।

मुख्यमन्त्रीको पिए नै भनेपछि ट्राभल्सले पनि दुईतर्फी टिकट काटिदियो । तर, रकम आएन । पछि ट्राभल्सले ठगिएको महसुस गरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । उजुरीपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली ती व्यक्ति खोज्न सुरु ग¥यो । अन्ततः मंगलबार मुख्यमन्त्रीको पिए हुँ भन्नेलाई प्रहरीले पक्राउ गर्न सफल भयो ।

उनी पोखरा ३१ बस्ने २८ वर्षीय सुवास सुवेदी हुन् । बिहीबार पत्रकार सम्मेलनमा प्रहरीका अनुसार सुवेदीलाई काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको हो । उनीविरुद्ध २ ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी समेत परेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए । उनलाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width