बाटुलेचौरमा तीज मेला तयारी

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०८०

पोखरा । बाटुलेचौरमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक तीज मेलाको तयारी थालिएको छ । हरितालिका तीजको अवसरमा आगामी असोज १ गते स्थानीय हिमालय क्लबको आयोजनामा हुने मेलाको तयारी थालिएको हो ।

विगतका वर्षमा विभिन्न खेलकुदसहितका कार्यक्रम गरेको क्लबले यसवर्ष विशुद्घ तीज गीत र नृत्यलाई प्राथामिकतामा राखेको छ ।

यसपालि संस्कृतिप्रधान कार्यक्रमलाई प्रोत्साहनसहित संस्कृतिको जर्गेना तथा मेलाको निरन्तरता गरिएको निवर्तमान अध्यक्ष मोहन थापाले बताए ।

मेलालाई विशिष्ट बनाउन क्लबका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा निवर्तमान अध्यक्ष मोहन थापा, दुर्गालाल श्रेष्ठ, लक्ष्मी देवकोटा र लक्ष्मी पौडेल सदस्य रहेको सचिवालय समिति गठन गरिएको छ । आमन्त्रित समूहगत तीज गीत तथा नृत्य प्रस्तुतिका लागि ताराप्रसाद तिमिल्सिनाको संयोजकत्वमा क्लबका कोषाध्यक्ष पुष्पराज अधिकारी र सहसचिव तुलबहादुर बस्नेत सदस्य रहेको समिति गठन गरिएको छ ।

अध्यक्ष बस्नेतले पोखराका विभिन्न संघ संस्थासँग समन्वय गरिएको र आर्थिक संकलन कार्य तीब्र पारिएको बताए । १ दिन मात्र स्ञचालन हुने मेलामा करिब ५ लाख खर्च लाग्ने क्लबले जनाएको छ । मेलामा तीजको परम्परागत भाका हम्काइलोको समेत प्रस्तुति रहने छ ।

Related News

सम्बन्धित समाचार

  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…

hero news full width