पोखरा । बाटुलेचौरमा आयोजना भएको खुला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार वालन संस्कृत समूह प्रथम भएको छ ।
श्रीकृष्ण जन्माष्टमी अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको प्रतियोगितामा धर्मोदय दशवतार प्रथम हुँदै नगद १ लाख रुपैयाँ पुरस्कार जित्यो ।
यस्तै, देवीस्थान भजन समूह हेमजा दोस्रो, इशानेश्वर भजन समूह उत्कृष्ट तेस्रो र ओमकारेश्वर भजन समूह फूलवबारी सान्त्वना भए । उनीहरुले क्रमशः ७५, ५० र २५ हजार नगद पुरस्कार पाए । सहभागी २४ टिमले प्रोत्साहनस्वरुप ५ हजार पाएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमिति संयोजक सञ्जय थापाले बताए ।
मध्यरातसम्म चलेको प्रतियोगितामा सहभागी टिमले विभिन्न झाँकी र कृष्ण लीलासमेत प्रस्तुत गरेका थिए ।
उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले कला संस्कृतिबाटै मानव सभ्यताको विकास भएको बताउँदै संरक्षणमा जोड दिइन् ।
प्रतिष्ठान अध्यक्ष हरि बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक दुर्गादेवी बस्नेतले कला, संस्कृति तथा साहित्य उत्थानमा प्रतिष्ठान सधैँ अग्रसर हुने बताइन् ।
निर्णायकमा सिर्जना थापा, संस्कृतिविद् डा. कुशुमाकर न्यौपाने र सहप्राध्यापक अम्विकाप्रसाद भट्टराई थिए । कार्यक्रम सञ्चालन वरिष्ठ लोकदोहोरीगायक प्रजापति पराजुलीले गरेका थिए ।
सो अवसरमा डा.इ. महेन्द्र बानियासहित विभिन्न सहयोगदातालाई सम्मान गरियो । कोरोनाका कारण यसअघि ३ वर्ष प्रतियोगिता रोकिएकोमा यसपालि पुन सञ्चालन गरिएकोे प्रतिष्ठान अध्यक्ष बरुवालले बताए । प्रतियोगितामा कास्की, स्याङ्जा, वाग्लुङ, पाल्पा लगायतका जिल्लाबाट पनि भजन टोलीले भाग लिएका थिए ।
२०४५ सालमा जनकविकेशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आएको छ । प्रतिष्ठानले गएको २४ वर्षदेखि बाटुलेचौरमा यो प्रतियोगिता गर्दै आएको हो ।
Related News
सम्बन्धित समाचार
भव्य बन्यो बौद्ध अर्घौ सदन
सूर्यको पूजा आराधना गरी छठ मनाइदै
छठ पर्व : सबैको मन जोड्ने सेतु
पोखरामा विश्वशान्ति पूजाको तयारी
फेवाकिनारमा भाइटीका महोत्सव, ६८ पर्यटक सहभागी
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०