लामास्वाँरामा लायन्स क्लब अफ पोखरा फर्निसिङको वृक्षरोपण

आदर्श समाज सम्वाददाता
असार २३, २०८०
lions photo

पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको आयोजनामा पोखरा ३१ लामास्वाँरास्थित इन्द्रेणी आधारभूत विद्यालय र चक्रदेवी मन्दिर परिसरमा शनिबार वृक्षरोपण गरिएको छ ।

कार्यक्रम संयोजक गोविन्द शर्माका अनुसार धूपी, बेल, जारकान्डा, म्याङ्गो स्टिक, वर, रुद्राक्ष, निम, हर्रो, अमला तेजपत्ता लगायत गरी ४५ वटा बिरुवा रोपिएको छ ।

वडा सदस्य विनोदमणि लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिस्ट्रिक्ट अग्रज लायन एवं वडा सदस्य सुदीप ढुंगाना सहभागी थिए । सुदीप ढुंगाना, क्लब अध्यक्ष मदन केसी लगायतका क्लबका पदाधिकारी एवं सदस्यको सहभागिता थियो ।

क्लबको वार्षिक कार्यक्रम अन्तर्गत वृक्षरोपण गरिएको संयोजक शर्माले बताए । उनका अनुसार अहिले रोपिएको बिरुवाको बर्सेनि गोडमेल र संरक्षण गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width