शिवशिखर र इमेज सहकारीविरुद्ध उजुरी दिन कास्की प्रहरीको आग्रह

आदर्श समाज सम्वाददाता
असार १, २०८०
sahakari-1-e1686899958747

पोखरा । शिव शिखर बहुउद्देश्यीय र इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

कास्की प्रहरीले शुक्रबार सूचना जारी गरी सहकारी संस्थाका पदाधिकारीले सेयर सदस्यको वचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले वचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो ।

सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाणको सक्कल साथमा लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

शिव शिखर बहुउद्देश्यीय सहकारीको कार्यालय पोखरा महानगरपालिका ५ पस्र्याङ र वडा नम्बर १४ चाउथे र इमेज वचत तथा ऋण सहकारीको कार्यालय पोखरा महानगरपालिका ८, सिर्जनाचोकमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width