गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८०
galeshwar

म्याग्दी । प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा करिब साढे ६ लाख रुपैयाँ भेटी संकलन भएको छ । बेनीस्थित गलेश्वरमा १ महिनामा ६ लाख ४४ हजार रुपैयाँ भेटी संकलन भएको हो । गलेश्वर शिवालयको दर्शन र पूजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए ।

वैशाख २० देखि भक्तजनले चढाएको भेटीलाई सोमबार कोषका समिति, कर्मचारी, गलेश्वर बजारवासी, आमासमूह सशस्त्र प्रहरीको उपस्थितमा गनिएको कोषले जनाएको छ ।

भक्तजनले गलेश्वरधामको मूल मन्दिर, शिव, गणेश, लक्ष्मीनारायण मन्दिर, जलकुण्ड, होमनकुण्ड, हनुमानको मूर्तिलगायत विभिन्न स्थानमा धार्मिक भक्तजनले दर्शन गर्दा चढाएको भेटी हिसाब गरिएको हो । मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको भेटीमार्फत् मन्दिरको कोषमा हालसम्म ३ करोड ९५ लाख रुपैयाँ संकलन भएको सदस्य सचिव खत्रीले जानकारी दिए ।

उनले भारतीय धार्मिक पर्यटकमार्फत् मन्दिरमा चढाएको भेटी १ महिनामा ३० हजार आइसी संकलन भएको बताए । बेनी नगरपालिका–६, ठूलो पहिरोस्थित पवित्र कालीगण्डकीको शिला गत वर्षको माघ १२ गते गलेश्वर मन्दिरबाट पूजाआजा गरेर लगेपछि दर्शन गर्ने भारतीय धार्मिक पर्यटक संख्यामा वृद्धि आएको छ । शिला हस्तान्तरणले गलेश्वर मन्दिरको महत्व थप बलियो बनाउँदै धार्मिक पर्यटन वृद्धिमा सहयोग पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

Related News

सम्बन्धित समाचार

  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…

hero news full width