पोखरा । वातावरण दिवस अवसरमा पोखरा वडा कार्यालय १२ र युएनडिपीद्वारा संयुक्त कार्यक्रम गरिएको छ । ऊर्जा तथा वातावरण केन्द्र नेपाल, ब्लु वेस्ट टु भ्यालु र ग्रिन रोड वेस्ट म्यानेज्मेन्ट प्रालिको संयुक्त आयोजनामा सोमबार वातावारण दिवससम्बन्धी बृहत् कार्यक्रम भएको हो ।
सो अवसरमा चित्रकला प्रतियोगिता र अपसाइक्लिन प्रतियोगिता पनि आयोजना गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । उनका अनुसार प्रतियोगितामा प्लास्टिक प्रदुषण न्यूनीकरण विषयवस्तुभित्र रहेर आफ्ना कला प्रस्तुत गर्नुपर्ने थियो । दुबै प्रतियोगिताबाट उत्कृष्ट १०÷१९ प्रतियोगीलाई पुरस्कार स्वरूप पुनः प्रयोग हुने किनमेल झोला, गमला र डायरी प्रदान गरिएको थियो ।
चित्रकलाका उत्कृष्ट ३ प्रतियोगी र अपसाइक्लिनका उत्कृष्ट ४ प्रतियोगीलाई थप ५ हजारसहित पुरस्कृत गरिएको वडाध्यक्ष बास्तोलाले बताए । पोखरा महानगरपालिकाका विभिन्न विद्यालयबाट ९० भन्दा बढी विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।
भद्राली वेस्ट म्यानेजमेन्ट प्रालि, वेस्ट सर्भिस प्रालि, हिमालयन लाइफ प्लाष्टिक, ग्रिन भ्याली बहुउद्देश्यीय सहकारी संस्था र गण्डकी ऊर्जा लगायतका संस्थाहरुले कार्यक्रममा सहयोग गरेका थिए ।
सो अवसरमा महानगरपालिकालाई सफा र सुन्दर बनाउन उल्लेख्य भूमिका निर्वाह गर्ने संस्था र विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालि, वेस्ट सर्भिस प्रालि, गण्डकी ऊर्जा, पोखरा फोहोर मैला प्रालि, हिमालयन लाइफ प्लास्टिक, नेपाल पब्लिक हेल्थ फर इनभाइरोमेन्ट एन्ड डेभलपमेन्ट, ग्रिन भ्याली रिसाइक्लरस बहुउद्देश्यीय सहकारी संस्था, पोखरा चिप्स एन्ड दाना उद्योग, वातावरणीय सुन्दर नेपाल, प्रकृति सुन्दर नेपाल लगायतका संस्था सम्मानित भएका हुन् ।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
नारी उत्थान समाजसेवा पुरस्कारबाट सुष्मा पौडल सम्मानित
hero news full width
मुख्य समाचार
पोखरामा खटिए नयाँ नगर प्रहरी
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०