पोखरा । म्याग्दी जिल्लाको करबाकेली क्षेत्रका सामाजिक अभियन्ता चाम बहादुर पुनको जीवनकथामा आधारित पुस्तक ‘लाहुरेको संघर्ष, करबाकेलीको सेवामा दुई दशक’ माथि काठमाडौंमा विमर्श गरिएको छ । कन्सेप्ट नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा पूर्व गोर्खा सैनिक पुनको सत्कर्मले सबैलाई मातृभूमिको सेवामा लाग्न प्रेरणा दिने टिप्पणी गरियो ।
पत्रकारद्वय शेखर खरेल तथा भोजराज न्यौपाने, सञ्चारकर्मी रीता लिम्बु र लेखक पुनले विमर्श कार्यक्रममा सहभागी भए । उनीहरूकै हातबाट पुस्तक पनि लोकार्पण गरिएको थियो । एकजना लाहुरेले जन्मथलोको विकासमा कतिसम्म योगदान गर्न सक्छ भन्ने उदाहरण चामबहादुर बनेको भन्दै उनीहरूले तारिफ गरेका थिए ।
‘आफ्नो पहिचानका लागि काम गर्दागर्दै उहाँले सिँगो समाजको हितमा योगदान पु¥याउनु भयोे’, पत्रकार खरेलले भने, ‘सुरुचिपूर्ण भाषामा लेखिएको पुस्तक मैले एकै बसाईंमा पढिसकें ।’
पत्रकार एवं कवि न्यौपानेले रोचक ढंगले सहजीकरण गरेको कार्यक्रममा सञ्चारकर्मी लिम्बुले लाहुरे परिवारको अनुभूति सुनाएकी थिइन् । ‘समाजका लागि तन, मन र धन समर्पित गर्ने चामबहादुर जस्ता लाहुरे थोरै छन्’, उनले भनिन्, ‘चामबहादुर मामा गोठाले जीवनदेखि नै सामाजिक भावना भएको हुनुहुँदो रहेछ ।’
कार्यक्रममा पर्यटन पत्रकार अमृत भादगाउँलेले करबाकेली क्षेत्र पर्यटनधामका रुपमा स्थापित भइसकेको अनुभव सुनाए । ‘करबाकेली क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने नायक उहाँ नै हो’, उनले भने, ‘चामबहादुर जस्ता प्रेरणादायी व्यक्ति हरेक गाउँमा भइदिए नेपालले छिट्टै काँचुली फेर्न सक्छ ।’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ काफलडाँडाका चामबहादुरले जीवनका १५ वर्ष बेलायती सेनामा बिताए । त्यसलगत्तै १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गरे । त्यसपछिका दिनमा भने काफलडाँडामा फर्केर सामाजिक काम गर्दै आएका छन् ।
उनले पुन समुदायका कुल देवता करबाकेली बाबाको अनुसन्धान, काफलडाँडामा करबाकेली थान, पाहुनाघर, पुन सामुदायिक संग्रहालय निर्माणको परिकल्पना र अगुवाइ गरे । साथै पुनहिलदेखि बेनीबजार झर्ने पदमार्गलाई करबाकेली इको ट्रेकका रूपमा ब्रान्डिङ गरे ।
पुन समुदायको पहिचानका लागि अगुवाइ गर्दागर्दै उनले समग्र करबाकेली क्षेत्रको सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासमा उदाहरणीय काम गरेका छन् ।
उनले पुन जीवनशैलीमा आधारित २ चलचित्र पनि निर्माण गरे । ती दुवै चलचित्रमा खलपात्रको अभिनय गरेका चामबहादुर वास्तविक जीवनमा नायक बनेका छन् ।
उमेरले उनी ६८ वर्षका भए । उनको परिवार बेलायतमा बस्छ । बेलायतले पूर्व गोर्खा सैनिकको परिवारलाई बेलायतमा आवासिय सुविधा दिएपछि उनीहरू बसाइँ सरेका हुन् । उनी चाहिँ पछिल्लो एक दशकदेखि अधिकांश समय जन्मथलोमै बसेर कर्म गर्दै आएका छन् ।
‘तपाईं बेलायतको रातो पासपोर्ट लिनु हुन्छ कि लिनु हुन्न’ भनेर सञ्चारकर्मी लिम्बुले सोधिन् । जवाफमा पुनले भने, ‘श्रीमती राधा र मैले त्यस्तो पासपोर्ट नलिने निर्णय गरेका छौं ।’
रंगीन कलेबरमा छापिएको १७० पेजको ‘लाहुरेको संघर्ष’ पुस्तकको मूल्य ५ सय रुपैयाँ राखिएको छ । पुस्तक बिक्रीबाट आउने सबै रकम सामाजिक काममा खर्च गर्ने पुनले घोषणा गरेका छन् ।
Related News
सम्बन्धित समाचार
हाइकिङको ३८ औं भाग धम्पुसदेखि मिलनचोक
१० औं वार्षिकोत्सव अवसरमा सिवेक हस्पिटलको रक्तदान
बाटुलेचौरमा ऐतिहासिक तीज मेला भोलिदेखि
पोखराका ४८ नगरी प्रहरी दीक्षित
‘पोखरालाई चेतनाको पर्यटनस्थल बनाउन सकिन्छ’
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०