एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
Prize Distrubation 1

पोखरा ।  एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले ग्रहण गरेका थिए ।

एसओएसका संस्थापक हरमन माइनरको तस्बिरमा पुष्पार्पण गरी प्रारम्भ गरिएको उक्त समारोहमा विद्यालयका सहप्राचार्य वीरसिंह बूढाले सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालयको मूल नीति, सिद्धान्त र उद्देश्यमाथि प्रकाश पार्दै उपस्थित अतिथि, अभिभावक र विद्यार्थीलाई शब्दगुच्छाद्वारा स्वागत गरे ।

समारोहमा शैक्षिक सत्र–२०७९ मा उत्कृष्टता हासिल गर्ने प्रत्येक कक्षाका विद्यार्थीलाई विषयगत रूपमा पुरस्कार वितरण गरिएको थियो । विषयगत उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि डा. कृष्णचन्द्र देवकोटा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।

उक्त समारोहमा एसओएस गण्डकीकी पूर्वशिक्षिका जया बरालद्वारा आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा स्थापित ‘नगेन्द्रकुमारी–नारायण स्मृति प्रतिभा पुरस्कार’ पनि प्रदान गरियो । एसओएसका कक्षा ३, ४ र ५ मा क्रमागत सर्वाेत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रदान गरिने पच्चीस हजार रकम राशिको उक्त पुरस्कारबाट शैक्षिक सत्र–२०७९ मा कक्षा ६ का नसिब पौडेल पुरस्कृत भएका छन् ।

बालबालिकाहरूसँग तीन दशकसम्म सहकार्य गर्ने क्रममा प्राप्त भएको उत्प्रेरणाबाट अभिप्रेरित भएर आफूले स्वर्गीय मातापिताका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको अक्षयकोषकी संस्थापक एवम् संरक्षक बरालले बताइन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. कृष्णचन्द्र देवकोटाले गण्डकी प्रदेशको नीति तथा योजनासम्बन्धी बजेट तर्जुमा गर्ने क्रममा एसओएसको आदर्श र उद्देश्यलाई समेत सम्बोधन गर्ने गरी विगतका सहयोगलाई थप परिष्कृत रूपमा निरन्तरता दिने विषयमा आयोग प्रतिबद्ध रहेको बताए ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले विभिन्न विषयमा पुरस्कृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीलाई पुरस्कार ग्रहण गर्न योग्य बनाउने सम्पूर्ण शिक्षकहरूलाई समेत धन्यवाद ज्ञापन गरे ।

सभाध्यक्षको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले कोरोनाको तीव्र सङ्क्रमणका कारण विगत केही वर्षदेखि रोकिएको पुरस्कार वितरणमा पुनरावलोकन गर्दै यस वर्षदेखि राज्यको परिवर्तित शैक्षिक प्रणालीअनुसार विषयगत रूपमा विद्यार्थीहरूलाई पुरस्कृत गर्ने नयाँ अभ्यास प्रारम्भ गरिएको बताए ।
पुरस्कार वितरण कार्यक्रममा एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, एसओएस बालग्रामकी आमा प्रतिनिधि कल्पना पाण्डेलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समारोहमा विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width