पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित शीतलादेवी मन्दिर सेवा समितिको नवौं साधारण सभा तथा चौथो अधिवेशनले मिनकाजी कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा शिवबहादुर कार्की, सचिव विष्णुकुमार श्रेष्ठ, सहसचिव पूर्णबहादुर गुरुङ, कोषाध्यक्ष सीता शर्मा अधिकारी चयन भएका छन् । सदस्यमा हरिकुमार राजभण्डारी, इन्द्रकुमारी गुरुङ, शुशीला श्रेष्ठ, रमेश नेपाली, कल्पना कार्की र अखिल सुवेदी चयन भए ।
कार्यक्रमकाृ उद्घाटन शत्रमा पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले ऐतिहासिक महत्व बोकेको शीतलादेवी मन्दिरको विकासमा वडाले सबै किसिमको सहयोग गर्ने बताए । शीतलादेवी मन्दिर सेवा समितिका निर्वतमान अध्यक्ष भुवन प्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, त्रिशक्ति दुर्गा मन्दिर सेवाका अध्यक्ष नेरशबहादुर कार्की, शीतलादेवी सामुदायिक मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्की, कृषिविज्ञ अनिल सुवेदी, निर्वतमान कोषाध्यक्ष शिवबहादुर कार्की, सचिव विष्णकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
नवनिर्वाचित अध्यक्ष कार्कीले ऐतिहासिक महत्व बोकेको शीतलादेवी मन्दिरमा आउने भक्तजनहरुलाई सहज हुने गरी संरचना निर्माण र मन्दिरको नाममा रहेको जग्गा संरक्षणमा आफूले कुनै कसर नराख्ने बताएका छन् ।
Related News
सम्बन्धित समाचार
गोरखाको अकला मन्दिरको काम अपुरो, ठेकेदार बेपत्ता
अचम्मको संस्कृति : आगो पुज्न २२ गाउँका दरै एकै ठाउँ
नागेश्वर मन्दिरमा विष्णुप्रसाद
आध्यात्मिक ज्ञानले नैतिकवान् बनाउँछ : ब्रह्मकुमारी परिणिता
लेखनाथमा धिमे बाजा प्रशिक्षण
hero news full width
मुख्य समाचार
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०