पोखरा । पोखरा ११ फूलबारीका दीपक बास्तोलाको मंगलबार सेती नदीमा अन्त्येष्टि गरिएको छ । ४५ वर्षीय बास्तोला सोमबार बिहानदेखि घरबाट हराएकोमा सेती नहरमा मृत भेटिएका थिए ।
पोखरा १३ दुई कुलाको मुहानमा भेटिएको शव प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखेकोमा सोमबार साँझमात्र शव पहिचान भएको थियो ।
लामो समय शिक्षण पेसामा रहेका उनी पछिल्लो समय जग्गा कारोबारमा संलग्न थिए । आर्थिक व्यवहार बिग्रेर आफूले यस्तो निर्णय लिएको लगायत विवरणसहितको पत्र उनको घरमा भेटिएको छ ।
फूलबारी क्लबका आजीवन सदस्य, राम मन्दिरका सदस्य रहेका उनी समाजसेवी, मिलनसार एवं मृदुभाषी व्यक्तिका रुपमा परिचित थिए । उनका श्रीमती, २ छोरा, १ छोरी तथा ३ भाइहरू छन् ।
Related News
सम्बन्धित समाचार
जंगली च्याउ खाएर आमाछोराको मृत्यु
चिप्लेढुंगाका फलफूल व्यवसायी न्यौपाने दम्पतिको निधन
नवलपुरको कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ९ घाइते
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
ढुंगाले लागेर बागलुङमा बालिकाको मृत्यु
hero news full width
मुख्य समाचार
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०