मेयरको सट्टामा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९
premlal-shing-kanu

मेयर साह

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा एसइई दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसइई दिँदै गरेका गरुडा ६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा सञ्चालन भइरहेको एसइईमा नियमिततर्फ सिम्बोल नम्बर ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह मेयरका ज्वाइँ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।

Related News

सम्बन्धित समाचार

  • कुँडहर आधारभूत स्कुलमा रोपियो फूलका बिरुवा

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । ‘शिक्षा शिक्षा शिक्षा’ अभियानको पहलमा फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीको आयोजनामा कुँडहर आधारभूत विद्यालय परिसरमा विभिन्न फूलका बिरूवा राेपिएकाे…
  • गण्डकी बोर्डिङमा नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुलमा १५ सदस्यीय नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन भएको छ । नेपाल एस्ट्रोनोमीकल सोसाइटी (नासो) र इन्टरनेसनल…
  • माउन्ट अन्नपूर्णमा अभिभावकलाई प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा । माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा नदीपुरमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीका अभिभावकका लागि कारुणिक अभिभावकत्व प्रशिक्षण…
  • मदरल्यान्डमा विद्यार्थीलाई म्याकबुकसहित सम्मान

    आदर्श समाज सम्वाददाता जेठ १९, २०८०
    पोखरा । विद्यार्थीमा रहेको प्रतिभा तथा सिक्ने इच्छाशक्तिलाई अझ सुदृढ बनाउने उद्देश्यले पोखराको मदरल्यान्ड माविमा शुक्रबार प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता…
  • कञ्चनजंघा स्कुलमा अंग्रेजी हिज्जे

    आदर्श समाज सम्वाददाता जेठ १८, २०८०
    पोखरा । पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा अंग्रेजी बोर्डिङ स्कुलमा मंगलबार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता भएको छ ।…

hero news full width