काहुँखोला भाट समाजको सभा

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९
bhat news photo

पोखरा । पोखरा १३ मा रहेको काहुँखोला भाट समाजको १२ औं साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । रानाभाट/भाट समाज नेपालका केन्द्रीय उपाध्यक्ष तिलक रानाभाटले कार्यक्रम उद्घाटन गर्दै एकजुट भएर सामाजिक कार्य गर्दा आफ्नो समाजका बन्धुलाई फाइदा त हुन्छ नै साथसाथै समाजका अन्य समुदायमा सहयोग पुग्ने बताउँदै हामी आफ्नो परिचय आफैं दिन सक्ने गरी काम मेहनत गर्नुपर्ने बताए ।

कार्यक्रमबीच समाजघर बनाउन महत्वपूर्ण योगदान दिने पोखरा–१७ निवासी सु. बोधराज रानाभाट र क्या. हुमबहादुर रानाभाट, पोखरा–१३ का दीपक गुरुङ, पोखरा–९ का बुद्धिबहादुर रानाभाट, पत्रकार कृष्ण रानाभाट, पोखरा–१४ का श्रीधर रानाभाटलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पवित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बुद्धिबहादुर रानाभाट, समाजसेवी सुरज रानाभाट, युवा नेता दीपक गुरुङ, पत्रकार कृष्ण रानाभाट, भाट समाज पोखरा ९ इकाइ समिति अध्यक्ष बिमला रानाभाटले बालेका थिए ।

अध्यक्ष सु. भीमबहादुर रानाभाटले संस्थाले वार्षिक गतिविधिका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

अध्यक्ष सु. भीमबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सदस्य ज्यो. रुद्रबहादुर रानाभाटले स्वागत र सबिना रानाभाटले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width