गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै   

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७९
SEE Exam

गण्डकी ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् ।

आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने ग्रेड वृद्धिको परीक्षा दुई सय ७२ जनाले दिँदैछन् ।

कास्की जिल्लामा यस वर्षको एसइईमा १० हजार चार सय ४२ जना विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा साधारणतर्फ १० हजार एक सय ४३ र प्राविधिकतर्फ दुई सय नौजना विद्यार्थी परीक्षामा सहभागी बन्दैछन् भने ग्रेड वृद्धि परीक्षा दिने ८६ छन् ।

एसइईको पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा सौहार्दपूर्ण रुपमा सञ्चालन भएको उहाँले बताउनुभयो ।  रासस

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङमा नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुलमा १५ सदस्यीय नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन भएको छ । नेपाल एस्ट्रोनोमीकल सोसाइटी (नासो) र इन्टरनेसनल…
  • माउन्ट अन्नपूर्णमा अभिभावकलाई प्रशिक्षण

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा । माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा नदीपुरमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीका अभिभावकका लागि कारुणिक अभिभावकत्व प्रशिक्षण…
  • मदरल्यान्डमा विद्यार्थीलाई म्याकबुकसहित सम्मान

    आदर्श समाज सम्वाददाता जेठ १९, २०८०
    पोखरा । विद्यार्थीमा रहेको प्रतिभा तथा सिक्ने इच्छाशक्तिलाई अझ सुदृढ बनाउने उद्देश्यले पोखराको मदरल्यान्ड माविमा शुक्रबार प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता…
  • कञ्चनजंघा स्कुलमा अंग्रेजी हिज्जे

    आदर्श समाज सम्वाददाता जेठ १८, २०८०
    पोखरा । पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा अंग्रेजी बोर्डिङ स्कुलमा मंगलबार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता भएको छ ।…
  • अक्सफोर्डमा सचेतनामूलक नाटक प्रदर्शन

    आदर्श समाज सम्वाददाता जेठ १८, २०८०
    पोखरा । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसको अवसरमा युरेस अक्सफोर्ड स्कुलले नाटक मञ्चन गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट स्वास्थ्यमा पर्ने…

hero news full width