बौद्ध उपवास पूजा

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७९
Baudha upabas news

पोखरा । बौद्ध उपवास (सिङढुव) पूजा आनी गुम्बा पोखरामा बुधबार बिहान सुरु भएको छ । बौद्ध उपवास संस्था पोखराद्वारा आयोजित पूजा ३ दिनसम्म चल्नेछ ।

विश्वशान्ति, सुख समृद्धि, पितृृउद्धार तथा मनोकामना सिद्धिका लागि उपवास पूजा गरिने खेम्बु रिम्पोछे किरणध्वज तुलाचनले जानकारी दिए । प्रवचन प्रस्तुत गर्दै प्रमुख वाचक रिम्पोछे किरणध्वज तुलाचनले राम्रो कर्मबाट राम्रै फल प्राप्त हुने बताए ।

पूजामा उत्साहजनक सहभागिता रहेको बौद्ध उपवास संस्था पोखराका कार्यवाहक अध्यक्ष सतकुमारी शेरचनले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width