पोखरा स्पोर्ट्स अवार्ड समिति

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७९
nsjf gandaki 1

पोखरा । पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणका लागि संयोजकमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराललाई तोकिएको छ । शनिबारको भेलाले बराललाई संयोजक र मञ्च महासचिव राजाराम पौडेललाई सहसंयोजक तोकेको छ ।

मूल्यांकन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली, अन्तर्राष्ट्रिय समन्वय उपसमितिमा केशव पाठक, अतिथि सत्कारमा एकराज गिरी, संघसंस्था समन्वयमा सुरज श्रेष्ठ, प्रचार तथा सांस्कृतिकमा राजाराम पौडेल, स्वमंसेवक र निमन्त्रणामा शशिकुमार पौडेल, आर्थिक संकलनमा कविता घर्तीमगर, मञ्च व्यवस्थापनमा एमबि आस्था, फोटोग्राफी तथा भिडियोग्राफीमा उमेश पुन र क्विक रेस्पोन्समा राजु गिरीलाई संयोजक चयन गरिएको महासचिव पौडेलले बताए । ती उपसमितिले सदस्य थप्ने छन् ।

आगामी २३ वैशाखमा पोखरा सभागृहमा हुने समारोहमा मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिनेछ ।

Related News

सम्बन्धित समाचार

  • ‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत् महिला भलिबल खेलाडी उत्पादन गर्ने भएको छ । परिषदको आव…
  • मेयर कपको उपाधि वडा नम्बर २ लाई

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीसहरमा सञ्चालित तेस्रो बेसीसहर मेयर कप सम्पन्न भएको छ । बेसीशहर नगरपालिकाको खेलकुद विकास समितिले…
  • देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । नयाँ गल्ली क्लबको आयोजनामा सम्पन्न तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप सेभेन ए साइड फुटबल प्रतियोगितामा केआइइसी…
  • ठेलोमा पर्वतको वर्चश्व

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८०
    पोखरा । गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो प्रतियोगितामा पर्वतले उपाधिमा कब्जा जमाएको छ । पहिलो, दोस्रो र तेस्रो तिनै स्थानमा पर्वत…
  • कास्की जिल्ला बक्सिङ संघमा सुमन

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८०
    पोखरा। कास्की जिल्ला बक्सिङ संघको पाँचौ अधिवेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको प्रथम…

hero news full width