पोखरा । करिब २ करोड लागतमा पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ संचालन गरिएको छ । पाल्पाको पर्यटकीयस्थल रानीमहल स्वरुपमा निर्मित दुईतले भवन निर्माण गरी पाल्पा हाउस संचालन गरिएको हो । जसको शुक्रबार पोखरा र तानसेनका मेयरले संयुक्त उद्घाटन गर्ने छन् ।
पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाका मौलिक उत्पादन पोखरामा बिक्री गर्ने उद्देश्यले पाल्पा हाउस संचालन गरिएको बताए ।
पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल संचालित छन् । कम्पनीले रानीमहल रेष्टुरेन्टमा पाल्पाली परिकार चुकाउनी, बटुक, छोइला लगायत पस्किने छ । यस्तै पाल्पाली ढाका, करुवा यही पाइनेछ भने कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउनेछ ।
यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्व राख्ने विश्वास गरिएको छ । नयाँ र नौलोस्वरुपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले पहल थालनी गरेका हुन् ।
पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०