पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ ।
वडा प्रहरी कार्यालय बैदामको आयोजनामा भएको अभिमुखीकरणमा बैदामका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले प्रहरी जनताको सेवक भएकाले प्रहरी प्रतिको विश्वासलाई मजबुत बनाएर सेवाप्रवाह गर्नुपर्ने बताए । उनले शान्तिसुरक्षा अमनचयन कायम गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनले प्रभावकारी रुपबाट काम गर्न नागरिकमैत्री बोली व्यवहारको खाँचो औंल्याए । प्रशिक्षणले सोच्ने क्षमता र गर्ने व्यवहारलाई सकारात्मक उन्मुख बनाउन सघाउ पुराउने जनाउँदै उनले सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह गरे ।
प्रहरी जवान सन्तोष रिमालले बोल्ने कला, पत्रकारको प्रहरी र प्रहरीको पत्रकारप्रतिको धारणाका साथै प्रभावशाली सञ्चारका लागि अपनाउनु पर्ने विधि प्रक्रियाबारे जान्न बुझ्ने अवसर मिलेको बताए । उनले सिकेका कुरा कार्यक्षेत्रमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले सेवाग्राहीको प्रहरीप्रति दृष्टिकोणलाई सकारात्मक बनाउने बोल्ने कलाको महत्वको बारेमा प्रशिक्षण उपयोगी भएको धारणा राखे । नागरिकसँग हरेक विषयसँग ठोकिने प्रहरीका लागि बोल्ने कला निकै आवश्यक र उपयोगी भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले प्रभावकारी सेवा प्रवाहका लागि सञ्चार र बोल्ने कलाको महत्वको बारेमा प्रशिक्षण दिए ।
एकदिने अभिमुखीकरणमा वडा प्रहरी कार्यालय र मातहतका २५ जना प्रहरी कर्मचारीले भाग लिएका थिए ।
Related News
सम्बन्धित समाचार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
मगर संघ बुढीबजारमा रामबहादुर
हेम्जा बोर्डिङमा जुरेस
कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०