फाइल फोटो
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक ६ घन्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ६ घन्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिए ।
‘चैते दसैंको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्ष्य गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,’ उनले भने, ‘पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।’
निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ ।
यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी–गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधबारदेखि हटाइएको छ । बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म सवारी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
hero news full width
मुख्य समाचार
रेशम चौधरीसहित ५०१ लाई आम माफी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०