पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) को मुख्य प्रायोजनमा सुरु भएको हो ।
रेवान पोखराका पूर्व अध्यक्ष गोपीबहादुर भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका हुन् ।
चैत ५ सम्म सञ्चालन हुने प्रतियोगितामा सिंगलतर्फ ३२ र डबल्सतर्फ १६ टिमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजारसहित ट्रफी तथा द्वितीय हुने खेलाडीले ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरे । पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोस्रोे र तेस्रो सेट आफ्नो पक्षमा पारेका हुन् । आयोजक संघ उपाध्यक्षसमेत रहेका नवीन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गरे ।
यस्तै, कर्ण तामाङले पदम गुरुङ (लेकसाइड) लाई ६–२, ६–१ ले, पदम गुरुङ (नदीपुर) ले वीरेन्द्र लामालाई ६–४, ५–७ र सुपरटाईमा १०–३ ले, विकास गुरुङ (हङकङ) ले इन्द्र गुरुङ (चाउथे) लाई ६–०, ६–१ ले तथा लक्ष्मण तामाङले अमृत कार्कीलाई ७–६, ६–३ ले पराजित गरे ।
त्यस्तै विनोद कायस्थले केवि तामाङलाई ६–२, ६–० ले, अनुज कुमार बास्तोलाले दुर्गा सुनारलाई ६–१, ६–० ले शरण गुरुङले लोक गुरुङलाई ६–१, ६–४ ले, उज्वल तज्याले सिरोज कोइरालालाई ६–३, ६–१ ले पराजित गर्दै दोस्रोचरणमा स्थान बनाए ।
यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६–२, ६–२को सेटमा पराजित गर्दै विजेता बनेको कास्की जिल्ला टेनिस संघ अध्यक्ष लोक गुरुङले बताए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले बर्सेनि यो प्रतियोगिता गर्दै आएको बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा वडास्तरमा खेलकुद
प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित
वडाध्यक्ष कप व्याडमिन्टन
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
hero news full width
मुख्य समाचार
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९