पर्यटकीय गन्तव्य सिक्लेस जाने सडक कालोपत्र गरिँदै

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७९
sikles

कास्की । पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । काहुँखोला–सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो । ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ ।

सो सडकखण्डमा पहिलो चरणमा विजयपुरखोलाबाट थाकको उकालोसम्म कालोपत्र गर्न थालिएको मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार बिहान १० देखि साँझ ४ बजेसम्म यातायात पूर्ण बन्द गरेर सडक कालोपत्रको काम भइरहेको छ ।

पोखरा महानगरपालिका–१३ विजयपुरखोलाबाट सिक्लेससम्मको ३२ किमी सडकमध्ये हाल पहिलो चरणमा १० किमीको निर्माण भइरहेको छ । निर्माण कम्पनीले आगामी चैतसम्म कालोपत्र सक्ने प्रतिबद्धता जनाएको छ । उहाँले भन्नुभयो, “लामो समयको प्रतिक्षा र मेहनतपछि पक्की सडक हुन थालेपछि गाउँले उत्साहित छन् । यसबाट उत्तरी मादीका बासिन्दलाई राहत मिल्छ ।”

यसैगरी थाकबाट माथिको १० किमी सडकसमेत स्तरोन्नतिको काम सुरु भएको छ । रौताहा कन्स्ट्रक्सनले छ महिनादेखि सडक फराकिलो बनाउने काम गरिरहेको हो । गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय कास्कीले सो सडक स्तरोन्नतिका लागि २०७७ सालमा काष्ठमण्डप कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सो सडकको लागत रु २२ करोड २६ लाख छ । सडक दायाँबायाँ नालाबाहेक सात मिटर फराकिलो बनाइएको छ ।

मादी गाउँपालिका–१ स्थित सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा प्रख्यात छ । दृश्यावलोकन र सुन्दर गुरुङ बस्तीले यहाँ पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पक्की सडकबनेसँगै सिक्लेससहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताललगायत मादीका पर्यटकीयस्थलमा जाने पर्यटकलाई समेत सहज हुने विश्वास गरिएको छ ।

सिक्लेसलाई नेपालको शान्ति प्रक्रियाको सुरुआत स्थलका रूपमा समेत लिइन्छ । विसं २०६३ मा तत्कालीन विद्रोही नेकपा (माओवादी) र सरकारकाबीच सिक्लेसमा पहिलोपटक वार्ता भएको थियो । तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच सिक्लेसमा वार्ता भएको थियो । सिक्लेसमा शान्तिस्तम्भसहित पूर्वाधार निर्माण गरिएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    ढोरपाटन । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल…
  • मगर संघ गण्डकीको अधिवेशन पोखरामा

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । नेपाल मगर संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन पोखरामा हुने भएको छ । नेपाल पत्रकार संघ गण्डकीले शुक्रबार पोखरामा…
  • नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…
  • व्यवसायीलाई सकारात्मक सोचसम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । बुद्व विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायी सदस्यलाई सकारात्मक सोच सम्बन्धी तालिम दिएको छ । कार्यक्रममा एसोसिएसनका…
  • बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द   

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    म्याग्दी ।  मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से…

hero news full width