बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरियो

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७९
Bagmati_Pradesh_sarkar2020_05_11_04_03_30-1674609290

हेटौँडा । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले आज साँझ ८ः०० मा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उहाँको निवासमा संयुक्तरूपमा राजीनामा बुझाउनुभएको हो ।

उहाँले पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिइएको बताउनुभयो । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिनुभएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width