भरतपुर भ्रमण वर्ष उद्घाटनमा ८० हजार सहभागी, १ करोड खर्च

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
Bharatpur na pa

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक गरेको छ । महानगरले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उद्घाटन कार्यक्रमको ¥यालीमा करिब ८० हजार जनभन्दा बढी सहभागी भएको बताइएको छ ।

¥यालीमा १ सय ४५ विद्यालय, १ सय ४३ धार्मिक संघ संस्थाहरू, ३ सय ८७ आमा समूहको पहिचानसहित सहभागिता थियो । कार्यक्रममा ६ सय २९ टोल विकास संस्था, ३४ सामुदायिक वन, १ सय ४९ निजी तथा सामुदायिक संघ संस्था, ७६ क्लबसहित विभिन्न जनजाति, भेषभूषामा उपस्थिति रहेको महानगरले जनाएको छ । उद्घाटन कार्यक्रम जस्तै वार्षिकरुपमा सबैको साथ र सहयोगबाट भ्रमण वर्ष पूर्ण रुपमा सफल हुने अपेक्षा लिएको जनाएको छ ।

स्थानीय तहले आयोजना गरेको महाअभियान पालिकाको मात्र नभई सिंगै राष्ट्रको कार्यक्रम हुन पुगेको महानगरले जनाएको छ । अभियानबारे कुनै गम्भीर त्रुटिबारे गुनासो र उजुरी नपरेकाले समग्रमा उद्घाटन कार्यक्रम सफल भएको निष्कर्ष महानगरको छ ।

उद्घाटन कार्यक्रमको तयारी, प्रचारप्रसार एवं व्यवस्थापनमा करिब १ करोड खर्च भएको जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानीय तहले पर्यटनसम्बन्धी गरेको यो नै पहिलो र ऐतिहासिक कार्यक्रम बन्न पुगेको बताइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली कांग्रेसका सचिव ध्रुुवराज मिश्र, नेकपा एमाले सचिव प्रकाश ढुंगाना, नेकपा माओवादी केन्द्रका संयोजक आरसी अधिकारी, समाजवादीमा उपाध्यक्ष कृष्णराज न्यौपानेलगायतले मन्तव्य राखे ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा उत्कृष्ट ¥यालीमा व्यापक सहभागिता जनाउन प्रोत्साहनस्वरूप प्रथम हुने वडालाई १ लाख, द्वितीय हुने वडालाई ७५ हजार र तृतीय हुने वडालाई ५० हजार बराबरको कार्यक्रम तथा जिन्सी समान उपलब्ध गराउने घोषणाअनुसार पुरस्कार प्रदान गरिएको छ । वडा नं २८ प्रथम, वडा नं. ३ द्वितीय र वडा नं. १० तृतीय भएका थिए । ¥यालीमा उत्कृष्ट झाँकी, भेषभूषा, जातजातिको झाँकी प्रदर्शन गर्ने समूहलाई पनि नगदसहित पुरस्कार प्रदान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै