बिटी कपमा प्रिक्वाटरका खेल जारी

आदर्श समाज सम्वाददाता
माघ २६, २०७९
bt cup

पोखरा । १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलका खेल सम्पन्न भए ।

पहिलो खेलमा गन्नी एफसीले हाम्रो एफसीलाई २–० अन्तरले पराजित ग¥यो । गन्नी एफसीको जीतमा अनिश तामाङ र अर्जुन गुरुङले समान १–१ गोलको योगदान दिए ।

अर्को खेलमा विष्णुपादुका क्लबले शीतलज्योति युवा क्लबलाई ४–० को फराकिलो अन्तरले हरायो । जीतमा सुविन श्रेष्ठले २ र अंकित गुरुङ र सञ्जय केसीले १–१ गोल गरे ।

लेकसाइड क्लबले नवप्रतिभा एफसीलाई २–० अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश ग¥यो । जीतमा सञ्जय बुढाथोकी र विवेक सन्तोषीले समान १/१ गोलको योगदान दिए ।

त्रिशक्ती क्लब लाहाचोक र सिमपानी एफसीबीच भएको चौंथो खेल गोलरहित भएपछि ट्राइबेकरमा ४–३ अन्तरले सिमपानीले जीत निकाल्यो । पाँचौ खेलमा मन्डला एफसी र उद्धब एफसीबीच भएको खेल निर्धारित समयमा गोलरहित बराबरी भयो । ट्राइबेकरमा ७–६ गोल अन्तरले मण्डला एफसीले बाजी मा¥यो ।

यस्तै, बुन एफसीले माइती गोर्खाज्माथि ३–० अन्तरले सहज जीत निकाल्यो । बुन एफसीको जीतमा आकाश थपलिया र विशाल सुनारले समान १ गोल गरे भने माइती गोर्खाज्तर्फबाट आत्मघाती १ गोल भएको थियो ।

सातांै खेलमा आयोजक बिटी ह्वाइटले सागर एफसीलाई २–० अन्तरले पराजित ग¥यो । जीतमा सुशन गुरुङ र सन्नी गुरुङले समान १ गोल गरे ।

बुधबारको अन्तिम तथा आठौं खेलमा आयोजक बिटी ग्रीनले क्लबमाथि बेलिज् एफसीले ३–१ अन्तरले जीत निकाल्यो । कुशल परियार २ गोल र साइमन तामाङले १ गोल गरेको खेल संयोजक विनोद गुरुङले जनाए । बिहीबार प्रिक्वाटरका ७ खेल हुने छन् । बुद्धटोल युवा क्लबद्वारा पुरानो टुँडिखेलमा जारी प्रतियोगिता १ फागुनसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width