वडास्तरीय वडाध्यक्ष कप चापाकोट ४ लाई

आदर्श समाज सम्वाददाता
माघ २४, २०७९
Lwang Volleyball Final Photo

पोखरा । माछापुच्छ्रे गाउँपालिका ८, ठाँटी ल्वाङघलेलमा आयोजित गण्डकी प्रदेश अन्तरवडास्तरीय पुरुष भलिबलको उपाधि चापाकोट वडा ४ ले जितेको छ ।

युवा विकास तथा खेलकदु समन्वय समिति माछापुच्छ्रे ८ को आयोजनामा भएको प्रतियागिताको फाइनलमा बागलुङको निसिखोला गाउँपालिका १ लाई ३–० को सोझो सेटमा हराउँदै उपाधि चुमेको हो ।

उपाधिसँगै चापाकोटले १ लाख ११ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । निसिखोलाले ५५ हजार ५ सय साथमा सिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

सेमिफाइनलमा पराजित पर्वतको मोदी गाउँपालिका १ र स्याङ्जाको विरुवा गाउँपालिका ७ लाई सान्त्वना पुरस्कार स्वरुप २२ हजार प्रदान गरिएको युवा विकास तथा खेलकुद समन्वय समिति माछापुच्छ्रे ८ का अध्यक्ष गणेश घिमिरेले बताए ।

महिलातर्फ क्लबस्तरीय भलिबल प्रतियोगितामा टिम लामाचौरले हिमचुलीलाई ३–१ को सेटमा हराएर उपाधि चुम्यो । लामाचौरले ३५ हजार र हिमचुलीले २० हजार प्राप्त गर्‍यो । एसएमएस पोखरा र अर्चलबोट भलिबल ट्रेनिङ सेन्टरलाई सान्त्वना पुरस्कार १०/१० हजार प्रदान गरिएको प्रतियोगिता संयोजक सन्तोष गुरुङले जानकारी दिए ।

महिलातर्फ माछापुच्छ्रे ८ अन्तरगाउँ टोलस्तरीय भलिबलमा लुम्रे कोलेलीले उपाधि जितेको छ । लुम्रे कोलेलीले खोरामुखलाई ३–२ को सेटमा हराएको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पाए । घलेल र नयाँपुल साँखुलाई सान्त्वनासहित ८/८ हजार प्रदान गरियो ।

विजेतालाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, प्रदेशसभा सदस्य गणेशमान गुरुङ, माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, माछापुच्छ्रे ८ का अध्यक्ष रामबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width