पोखरा। गण्डकी बहिरा संघअन्तर्गत बहिरा युवा खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा दोस्रो सेभेन ए साइड राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा रंगशालामा भएको उद्घाटन खेलमा लुम्बिनी बहिरा संघले कास्की बहिरा संघलाई ३–० गोलले पराजित गरेको छ । दोस्रो खेलमा स्याङ्जा बहिरा संघले चितवनलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पाखा लगाएको छ ।
तेस्रो खेलमा भने सर्लाही बहिरा संघ विजयी भयो । धरानलाई पेनाल्टी सुटआउमा ३–० ले हराउँदै सर्लाही विजयी भएको हो । यस्तै, कैलालीले बागलुङलाई र ललितपुरले काभ्रेपलाञ्चोकलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
गण्डकी प्रदेशका नवनियुक्त सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले प्रतियोगिता उद्घाटन गर्दै बहिराहरुले पनि खेलकुद माध्यमबाट समाजमा योगदान गर्न सक्ने बताए । १४ टिमले भाग लिएको प्रतियोगिताको फाइनल २२ माघमा हुने बहिरा संघका सचिव किसान तामाङले जनाए ।
Related News
सम्बन्धित समाचार
पोखरामा वडास्तरमा खेलकुद
प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित
वडाध्यक्ष कप व्याडमिन्टन
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९