पोखरा । बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी बढाएको ब्याजदरका कारण व्यावसायिक जगतमा छटपटीमात्र बढेको छैन र व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको छ ।
व्यापार तथा व्यवसायमा कोभिड १९ को मार पर्दै गर्दा गत असोज १ बाट लागु हुने गरी ब्याजदर बढ्दा निजी क्षेत्र ठूलो मारमा परेको व्यवसायीको दुखेसो छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले ७ प्रतिशतमा लिएको कर्जाको ब्याजदर १७ प्रतिशत पुर्याइनु दुखद भएको बताए । ‘यो त ठूलो माछोले सानो माछोलाई खान्छ भनेजस्तो भयो,’ उनले भने, सुरुमा तय भएको ७/८ प्रतिशत ब्याज ऋणीको रुपमा हामीले तिर्दैनौं भनेका छैनौं तर पछि बढाइएको ब्याज तिर्न अहिले उद्योगी व्यवसायी असमर्थ छौं ।
कोभिडकै कारण सबैभन्दा बढी मारमा परेको क्षेत्रमध्ये पर्यटन पनि एक हो । बढेको ब्याजदरले पर्यटन क्षेत्र झनै मारमा परेको होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले बताए । बजारमा क्राइसिस भएको अवस्थामा बढेको ब्याजदरका कारण अवस्था थप दयनीय भएको उनको भनाइ छ । राहत दिनुपर्ने बेलामा उल्टै बढेको ब्याजदर तिर्नुपर्दा व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको उनले बताए । ‘यही अवस्था रही रहे अवस्था भयाभह हुन्छ,’ उनले भने, तत्काल सरकारले केही न केही कदम चाल्नुपर्ने अवस्था छ तर सरकारले हाम्रो माग सुनेको छैन ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बढेको ब्याजदरका कारण व्यवसाय अगाडि बढाउन सकिने अवस्था नभएका कारण व्यवसायी पलायन हुनेक्रम सुरु भइसकेको बताए । ८ प्रतिशतको ब्याजदर १७ प्रतिशत पुगेपछि कसरी व्यवसाय धान्ने, उनको प्रश्न छ, ‘यत्रो ब्याजदर तिरेर वस्तु र सेवा कसलाई बिक्री गर्ने, कसरी बिक्री गर्ने ?’ अब आन्दोलन र दबाबमूलक कार्यक्रमलाई पुनः निरन्तरता दिनुको विकल्प नभएको उनले बताए ।
होटल संघ पोखरा नेपालले गत असोज ६ गते विज्ञप्ति जारी गर्दै बढेको ब्याजदर तत्काल नघटाए नेपाल राष्ट्र बैंक नै घेराउ गर्ने चेतावनी दिएको थियो भने बढेको ब्याजदरले व्यवसायी चर्काे मारमा परेको भन्दै पोखराका व्यवसायी गत कात्तिक २१ मा सडकामा उत्रिएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आह्वानमा भएको आन्दोलनमा प्रदेशका सबैजसो क्षेत्रका व्यवसायी सहभागी थिए ।
तर अवस्था अहिले पनि नसुध्रेको बरु बिग्रदै गएको भन्दै व्यवसायी कसरी अगाडि बढ्ने भनेर वस्तुगत संघहरुको भेला आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । बैंकका कर्मचारी घरघरमा पुगेर ऋणी र उनीहरुका परिवारलाई तनाव दिन थालेको र यो अतिको अवस्था भएको उनले बताए । ‘अवस्था अप्ठ्यारो हुँदा बैंकका कर्मचारी घरघरमा पुगी टर्चर दिन मिल्दैन,’ उनले भने,’ यस्तो अवस्थामा ऋणीले आत्महत्या गरे हामी बैंक विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा चलाउँछौं ।’ कर्जाको चर्को ब्याजदरकै कारण व्यवसायिक जगतमा आत्महत्याको श्रृंखला सुरु भइसकेको उनले स्मरण गराए । सरकारले नीति नियममार्फत् व्यवसायीको समस्या संवोधन गर्नुपर्ने उनको सुझाव छ ।
महासंघका गण्डकी अध्यक्ष कोइरालाले अहिले ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भने जस्तो अवस्थाबाट निजी क्षेत्र गुज्रिरहेको बताए । बैंकका म्यानेजर र सिइओ कार्यालय समय सकिएपछि पनि ऋणीलाई फोन गर्ने र घरमै पुगेर समेत कर्जा र ब्याजका नाममा टर्चर दिन थालेको उनले बताए । ‘यस्तै अवस्था रहे हामीहरु ऋणीहरुको कमिटी बनाएर बैंक विरुद्ध उत्रन्छौं,’ उनले चेतावनी दिए । आफूहरु सावा र ब्याज तिर्न तयार रहेको तर बढेको ब्याजदर भने अर्थतन्त्र लयमा आएपछि मात्र तिर्ने बताए । ९० देखि ९७ प्रतिशत कर्जा ठूला व्यवसायीहरुले लिने र उनीहरुलाई सून्य दशमलव ५ प्रतिशत सेवा शुल्कमै कर्जा प्रवाह गर्ने तर ३/४ प्रतिशत कर्जा ओगट्ने साना व्यवसायीलाई ५ प्रतिशतसम्म त्यस्तो शुल्क बैंक तथा वित्तीय संस्थाले लगाउनु अन्याय भएको उनले बताए ।
ब्याजदरलगायत सरकार र नेपाल राष्ट्र बैंकका नीतिविरुद्ध आन्दोलन गर्दै आएको निजी क्षेत्रले बीचमा दबाबमूलक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघले तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर गत मंसिर ४ गतेको निर्वाचनलाई देखाउँदै आन्दोलनलगायत दबाबमूलक कार्यक्रम स्थगित गर्न सम्बद्ध उद्योगी व्यवसायीलाई कात्तिक अन्त्यमा आग्रह गरेको थियो । यसैगरी नेपाल चेम्बर अफ कमर्सले पनि जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको थियो ।
्
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने बैंकहरूबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको तर्क गरेका छन् । गभर्नर अधिकारीले बैंकहरूबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा तिर्नु पदैन भन्नु अराजकता भएको बताएका थिए । उनले वाणिज्य बैंकहरूको अधिकांश कर्जा सर्वसाधारणको निक्षेप भएको बताउँदै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनीयता तथा वित्तीय स्थायित्वमा समस्या आउने उल्लेख गरेका थिए । तरलतालाई देखाएर कर्जामा बढाइएको ब्याजदरका कारण ऋणीले सावा र कर्जा चुक्ता गर्न नसकेको र कालो सूचीमा पर्नेको संख्या बढ्दै गएको तथा बैंक तथा वित्तीय संस्थामध्ये अधिकांशको खराब कर्जा दोस्रो त्रैमासमा बढ्न पुगेको तथ्यांक सार्वजनिक भएको छ ।
यसैगरी पोखरा हार्डवयर एसोसिएसन कास्कीले एक अपिल जारी गरी नगदी र मुनाफासहितको कारोबार गर्न सम्वन्धित व्यवसायीलाई आग्रह गरेको छ । संस्थाका अध्यक्ष पृथ्वीराज शर्मा तिमिल्सिना र महासचिव कृष्णप्रसाद कोइरालाले जारी गरेको अपिलमा आर्थिक संकट र चर्को ब्याजदरका बीच पनि लागत भन्दा कम मूल्य र त्यो पनि उधारोमा कारोबार गर्ने गरेको सुन्नमा आएको जनाउँदै व्यावसायिक संकट र व्यवसाय बन्दबाट जोगिन आग्रह गरिएको छ ।
Related News
सम्बन्धित समाचार
एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितलाई पितृशोक
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
माइनस डिग्रीमा माछा उत्पादन
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९