पोखरा । दुर्लभ हिमचितुवाको तस्बिरबाट अन्तर्राष्ट्रिय वन्यजन्तु तथा वातावरण क्षेत्रमा चर्चित नेपालका वाइल्डलाइफ फोटोग्राफर टासी आर घलेलाई फोटोग्राफर संघ गण्डकीले सम्मान गरेको छ ।
तनहुँको ब्यास नगरपालिका तनहँुसुरमा गण्डकी फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले उनलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेका हुन् । सम्मानित घलेले दुर्लभ वन्यजन्तु त्यसमाथि पनि अत्यन्त कठिन हिमाली क्षेत्रमा रहने हिउचितुवाको तस्बिर खिच्न गरेको संघर्ष र उपलब्धिबारे चर्चा गरेका थिए ।
तनहँुसुर देवस्थल सामुदायिक होमस्टेमा भएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका फोटोग्राफरको उपस्थिति थियो । स्थानीय व्यवस्थापन फोटोग्राफर एसोसिएसन तनहुँले गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीराम सुवेदीले गरेका थिए ।
सहभागीले तनहुँसुर ऐतिहासिक दरबार, गढी र सहिदस्मारक पार्क लगायत पुरानो हटिया बजारको बदलिंदो स्वरुपबारे पनि अवलोकन गरेका थिए । सो अवसरमा फोटोपत्रकारिता प्रशिक्षण पनि सञ्चालन भएको थियो । २ दिनसम्म चलेको कार्यक्रममा सहभागीलाई पत्रकार घनश्याम पौडेल र संघ गण्डकी अध्यक्ष दुर्गाप्रसाद पौडेलले प्रशिक्षण दिए ।
Related News
सम्बन्धित समाचार
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
योगको वृक्षासनमा पर्वतका विक्रमको विश्व रेकर्ड
माघ २४ र २५ मा ‘पसगाउँ महोत्सव’
सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड चौडा बनाउन पहल
तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा सम्मान
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९