गैंडाकोट । गैंडाकोट २ मा रहेकोे अक्सफोर्ड स्कुलले शुक्रबार वार्षिक कार्यक्रमअन्तर्गत बिज्ञान प्रदर्शनी फुड फेस्टिबल एवं विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।
कार्यक्रम नगर प्रमुख मदनभक्त अधिकारीले उद्घाटन गरे । उनले एउटा व्यक्तिदेखि समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आवश्यक रहेको औंल्याउँदै अक्सफोर्ड स्कुलले नवलपुरलाई शिक्षा क्षेत्रमा अब्बल साबित गरेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा गैंडाकोट १ का अध्यक्ष सुरेन्द्र रेग्मी, वडा २ का अध्यक्ष प्रकाश सापकोटा, नगर शिक्षा शाखा प्रमुख डा.बालकृष्ण चापागाईं, नगरशिक्षा अधिकृत हेमचन्द्र पौडेल, शैक्षिक अभियन्ता गोपिन्द्र केशरी न्यौपाने, दीपक रावत, डा.वसन्तप्रसाद अधिकारी, चिरञ्जीवी पोख्रेल, गुरुप्रसाद सापकोटा, इन्दिरा प्रधान, भीमप्रसाद भण्डारी लगायतले बोलेका थिए ।
विद्यार्थीहरुले आफ्नो कला कौशल र अभिभावकहरुको सम्मानमा विविध सांस्कृतिक प्रदर्शनी, शैक्षिक प्रदर्शनी, चित्रकला, विज्ञान परीक्षण, फुड फेस्टिबललगायत प्रस्तुति राखेका थिए ।
वार्षिक कार्यक्रमका सभापति तथा स्कुल प्रमुख इ. हरि भण्डारीले अक्सफोर्ड स्कुलले दशकौंदेखि नवलपुरको उत्कृष्ट विद्यालयका रुपमा विद्यार्थीको सामाजिक, बौद्धिक तथा शारीरिक विकासलाई केन्द्रमा राखेर पुरानो रीतिरिवाजलाई समेत जगेर्ना गर्दै कार्यक्रमहरु सञ्चालनमा ल्याउने गरेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सकियो मदरल्यान्डको सांस्कृतिक कार्यक्रम
भानुभक्त आवासीय माविको अभिभावक दिवस
बेसलाइन एकेडेमीको रजत जयन्ती समापन, प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री
मदरल्यान्डमा सरस्वती पूजा
शान्ति निकेतनको भवन उद्घाटन
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९