पोखरा । पोखरा ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालय वरपाण्डेथुम कैलाश कास्कीको ६३ औं वार्षिकोत्सव तथा ६४ औं अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयको वार्षिकोत्सव, अभिभावक दिवस तथा नवनिर्मित ४ कोठे भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले विद्यार्थीको सिर्जनशीलता जागृत गराउँदै संख्याभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
विद्यालयका पूर्व विद्यार्थी एवं पोखराका मेयर धनराज आचार्यले शान्ति उदय पूर्व विद्यार्थी मञ्च कक्षको उद्घाटन गर्दै मञ्चले विद्यालयको विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने शुभकामना दिएका थिए । हाल मोति भुजेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति रहेको पूर्व विद्यार्थी मञ्च सक्रिय रहेको छ ।
नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले विद्यालय परिसरमा सरस्वती मन्दिरको शिलान्यास गरेका थिए । विद्यार्थीको मौलिक सिर्जनालाई महत्व दिने गरी प्रदर्शनीमा पाठ्यक्रममा आधारित विविध विषयका शैक्षिक सामग्रीहरु प्रदर्शन गरिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले स्थापनाको ६३ औं वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालयले विभिन्न आरोह अवरोह पार गरेको बताउँदै सुविधा सम्पन्न इलाइब्रेरीको व्यवस्था गरिएको, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था, नियमित सह–क्रियाकलाप, विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग, पर्याप्त खेलमैदान आदिको व्यवस्था गरिएको बताए ।
विद्यालयका प्रधानाध्यापक टेकनारायण गिरीले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पारे ।
कार्यक्रममा कास्की क्षेत्र २ (क) बाट निर्वाचित गण्डकी प्रदेशका सांसद भीम कार्की, विद्यालयका पूर्व विद्यार्थी पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मनोहर आचार्य, महानगर शिक्षा अधिकृत सोमनाथ भण्डारी, पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारी लगायतले बोलेका थिए ।
यसैबीच विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पुरस्कार तथा विभिन्न छात्रवृत्ति प्रदान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
सकियो मदरल्यान्डको सांस्कृतिक कार्यक्रम
भानुभक्त आवासीय माविको अभिभावक दिवस
बेसलाइन एकेडेमीको रजत जयन्ती समापन, प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री
मदरल्यान्डमा सरस्वती पूजा
शान्ति निकेतनको भवन उद्घाटन
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९