लेखनाथ । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले देशको लागि योग्य र सक्षम नागरिक उत्पादनका लागि प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । पोखरा ३२, राजाको चौतारामा रहेको ब्रह्मरुपा माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव एवं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको उद्घाटन गर्दे सो कुरा बताएका हुन् ।
कुलपति प्राडा गुरुङले ब्रह्मरुपालाई गण्डकी विश्वविद्यालयको फिडर विद्यालयको रुपमा हेरेको बताउँदै प्रदेशकै उत्कृष्ट प्राविधिक विद्यालय हुनेछ धारणा व्यक्त गरे । उनले विद्यालयलाई विद्यार्थी प्रविधिमैत्री शिक्षाको मन्दिरका रुपमा अगाडि बढाउन सुझाव दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले स्वागत गरेको कार्यक्रममा विद्यालय निरीक्षक विश्वराज आचार्य, लक्ष्मी माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष रमेश भट्टराई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चिरञ्जीवी तिवारी, छात्रा दिप्ती खनाल लगायतले बोलेका थिए ।
विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले आर्थिक विवरण र भावी रणनीति र योजना प्रस्तुत गर्दै कास्की जिल्लाकै सूचना प्रविधिमैत्रीे विद्यालयको रुपमा अगाडि बढाउँदै आगामी वर्षदेखि विद्यालयमा व्यापक रुपमा यातायातको सुविधा बढाउँदै कक्षा ११, १२ मा विज्ञान विषयको अध्यापन गर्नका लागि सम्पूर्ण पूर्वाधारको व्यवस्था रहेको जानकारी दिए ।
विद्यालयमा हाल ८ सयभन्दा बढी विद्यार्थी र ४७ जना शिक्षक कर्मचारी छन् । विद्यालयमा प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरअन्तर्गत कक्षा ९ देखि १२ सम्म र साधारणतर्फ नर्सरीदेखि १२ कक्षासम्म विषयको अध्यापन गराइएको छ ।
विद्यालयमा बमहिरा स्मृति पुरस्कार, विचित्रमोहन स्मृति पुरस्कार, चिरञ्जीवि घिमिरे शिक्षा सम्मान पुरस्कार, हरिप्रसाद पंगेनी शैक्षिक पुरस्कार, जितवृन्दा छात्रवृत्ति पुरस्कार, गोपीराज/ राधादेवी वाग्ले शैक्षिक पुरस्कार, शालिकराम छलिमाया स्मृति पुरस्कार, प्रतिमा स्मृति पुरस्कार, माधव इन्दिरा पुरस्कार, वाटिका अवार्ड, र कम्प्युटर शिक्षक कविराज खनालद्वारा प्रदान गरिने कम्प्युटर संस्थापक पुरस्कारलगायत पुरस्कार छन् ।
शिक्षक अभिभावक संघका अध्यक्ष भोजराज पौडेले धन्यवाद ज्ञापन गरे भने कार्यक्रमको सञ्चालन शिक्षक विश्वमोहन पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सकियो मदरल्यान्डको सांस्कृतिक कार्यक्रम
भानुभक्त आवासीय माविको अभिभावक दिवस
बेसलाइन एकेडेमीको रजत जयन्ती समापन, प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री
मदरल्यान्डमा सरस्वती पूजा
शान्ति निकेतनको भवन उद्घाटन
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९