पोखरा । यती एअरको विमान दुर्घटनामा ज्यान गुमाएका गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको मंगलबार अन्त्येष्टि गरिएको छ ।
पोखरा ११, काहुँ घर भएका आचार्य पछिल्लो समय नेपालका चर्चित गिटारिस्ट हुन् जसको लोकप्रियता युटयुब र टिकटकजस्ता इन्टरनेटका भिडियो प्लेटफर्ममा पनि उत्तिकै छ । उनको आफ्नै केसिक्स बिफोर नामक ब्यान्ड छ भने उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका छन् । उनको गिटार ट्युटोरियल सिकेर पछिल्लो समय मुलुकका तन्नेरीहरु संगीततर्फ आकर्षित भइरहेका थिए ।
उनी पोखरा ११, काहुँ बतासे निवासी साहित्यकार भरत आचार्य र लक्ष्मी आचार्यका कान्छा छोरा हुन् । स्व. आचार्यको सेती नदीमा मंगलबार दाहसंस्कार गरिएको छ ।
रक गायक तथा अभिनेता रविन तामाङ, अभया सुब्बा, रक ब्यान्ड मंकी टेम्पलसहित उनका फ्यानले सामाजिक सञ्जालमा आचार्यलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
निशान्तलाई श्रद्धाञ्जली दिंदै रक गायक तामाङ लेख्छन्, ‘विमान दुर्घटनामा आफ्नो प्रियजन गुमाउनु पर्दा आज पीडा र सम्झनाको बाढी आए । आफ्ना प्रियजन गुमाउनुहुने सम्पूर्ण परिवारमा सहानुभूति छ । निशान्त आचार्य भाइ तिम्रो आत्माले शान्ति पाओस्, परिवार र साथीभाइमा गहिरो समवेदना ।’
मुलुकको चर्चित रक ब्यान्ड मंकी टेम्पलले निशान्तलाई अद्भूत गिटारिस्ट भएको जनाएको छ । केही वर्षअघि निशान्तले ‘सँगै बाँचौं न’ बोलको फिंगर स्टाइल गीत रिलिज गरेको जनाउँदै ब्यान्डले सुरक्षा लापरवाहीको कारण उनको निधन भएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन
पोखरा हवाई दुर्घटना :अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या
त्यो अकल्पनीय दुर्घटना
खाग चोरिएका अवस्थामा गैंडा मृत फेला
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९