अम्बिका भागवत् फाउन्डेसनको सभा सभा

आदर्श समाज सम्वाददाता
पौष २५, २०७९

पोखरा । अम्बिका भागवत् फाउन्डेसन नेपालको तेस्रो साधारण सभा तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको छ । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले कार्यक्रम उद्घाटन गर्दै संस्थालाई दिगो बनाउनका लागि साधनस्रोत, अर्थ र जनशक्ति आवश्यकता रहेको बताए । फाउन्डेसनेले छोटो समयमा महत्वपूर्ण कार्य गरेकोमा उनले खुसी व्यक्त गरे । साथै संस्थालाई सफल बनाउनका लागि तन, मन, वचन र कर्मले लागि पर्नुपर्नेमा उनको जोड थियो । फाउन्डेसनले गर्दै आएको शान्ति मावि जुम्लेटीको कार्यक्रममा नेलम्बो नेपालले सहकार्य गर्ने घोषणसमेत गरेका थिए ।

कार्यक्रममा मानार्थ सदस्यबाट सम्मानित व्यक्तित्व कुसुमकेशव पराजुलीले संस्थाले गरेका कामको खुलेर प्रशंसा गरे । उनले संस्थासँग सहकार्य गरेर कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले सहकार्य गरेर कार्यक्रम गर्न सकिने बताए । संस्थाका संरक्षक अम्बिका नेपाल, रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी, डाँफे मनास्लु कृषि फर्मका अध्यक्ष दावाकुमार लामा, संस्थाका उपाध्यक्ष अम्बिका भण्डारी, बाल सदस्य निश्चल श्रेष्ठलगायतले बोलेका थिए । फाउन्डेसनका अध्यक्ष भागवत नेपालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव देवी श्रेष्ठ गरेकी थिइन् ।

कार्यक्रममा प्रगति प्रतिवेदन सचिव देवी श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधवी नेपाल प्रस्तुत गरेका थिए । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्थाले शान्ति मावि जुम्लेटी, आनन्द ज्योति मावि बेगनास र ब्रह्मज्योति आधारभूत विद्यालय भरतपोखरीका गरी १ सय २२ जना विद्यार्थीलाई अध्ययनका लागि सहयोग गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width