पोखरा । स्पेनिस फुटबल क्लब काथेरेन्यो सिपी अहिले नेपाल भ्रमणमा छ । स्पेनको बी डिभिजन क्बल काथेरेन्योमा विश्वकप खेलिसकेका तथा लालिगामा खेलिसकेका खेलाडी छन् । खेल जीवनबाट सन्यास घोषणा गरेर खेल क्षेत्रकै विभिन्न तहमा रहेका खेलाडीको बाहुल्यता छ, काथेरेन्योमा ।
सोही क्लबले बुधबार गण्डकी ११ सँग पोखरा रंगशालामा मैत्रीपूर्ण खेल खेल्यो । खेलमा विश्वकप खेलिसकेका ५९ वर्षका स्पेनीस खेलाडीसँग गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङदेखि नेपालका पूर्व कप्तान अनिल गुरुङसम्म खेलेका थिए । कास्की जिल्ला फुटबल संघसँगको समन्वयमा लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजनामा भएको खेलमा स्थानीय टोलीको कप्तानी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले गरेका थिए ।
पोखरा खेलेर काठमाडौं खेल्न जाने तयारीमा रहेको काथेरेन्योले गण्डकी एघारलाई ३–० ले पराजित गरेको हो । ‘शान्तिका लागि फुटबल’ नाराका साथ दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको काथेरेन्योले सुखद् सुरुवात गरेको हो । काथेरेन्योको जितमा कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बर्मुले गोल गरेका हुन् ।
खेलको २३औं मिनेटमा कार्मेलो मोराले गोल गर्दै स्पेनिस टोलीलाई अग्रता दिलाए । कार्मेलोले ‘सिक्स याड बक्स’बाट पहिलो बारमा कार्मेलो मोराले गोल गरेका थिए । कार्मेलोको प्रहार गोलरक्षक दीप कार्कीले बचाउन सकेनन् । २९ औं मिनेटमा मिगुएल एन्जल कारिलेरो गोन्जालेजले गोल गर्दै अग्रता २–० को बनाए । गोन्जालोले पेड्रोको ब्याकपासलाई सदुपयोग गरेका थिए । खेलको ८९ औं मिनेटमा बर्मुले तेस्रो गोल गरे । एल कौनीको कर्नर बल रोक्न जाँदा गोलकिपर राजाबाबु गुरुङले बल नियन्त्रण गुमाए । त्यही मौकाको फाइदा उठाउँदै क्यासेरेनोका बर्मुले ट्याप इन गोल गरे । अब, टोलीले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं एघारसँग खेल्नेछ ।
खेलपछि कोसेरेन्यो टिमका म्यानेजरले नेपाली टिमको प्रशंसा गरे । नेपाली टिम आफूले सोंचेको जस्तो कमजोर नरहेको प्रतिक्रिया दिए । ‘दुवै टिम निकै प्रतिस्पर्धी थिए । दुवैले राम्रो खेले,’ उनले भने, ‘हारजीतको खेल थिएन समग्रमा नेपाली टिमले डिफेन्सलाई ध्यान दिएर अगाडिसम्म राम्रो खेले ।’ नेपाली टिमको राम्रो पक्ष भनको फास्ट गेम रहेको उनले बताए । नेपालीले एअर बल कन्ट्रोल सुधार्नुपर्ने उनले सुझाव दिए ।
यस्तै स्पेनका खेलाडी रुबेनले प्राकृतिक रुपमा सुन्दर ठाउँ नेपाल आएर हिमालको फेदमा फुटबल खेल्दा निकै राम्रो लागेको बताए । अब नेपाल खेल्नका लागि मात्र नभएर घुम्नका लागि पनि आउने उनको भनाई थियो ।
गण्डकी ११ टिमका कप्तान अनिल गुरुङले मैत्रीपूर्ण खेल सिकाइको माध्यम बताए । विश्वकप खेलीसकेका खेलाडीहरु सँग आफू लगायत नयाँ युवा खेलाडीले खेल्दा अनुभव बटुल्ने मौका मिलेको उनको भनाई थियो । यस खेलले खेलाडीहरुले अनुभव लिनुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए ।
नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि काथेरेन्योको ५० सदस्यीय टोली मंगलबार आइपुगेको थियो । मंगलबार बिहान कतार एयरवेजको विमानबाट काठमाडौं आइपुग्नेवित्तिकै विमानस्थलबाटै टोली आन्तरिक उडानमार्फत पोखरा आएर खेलेको हो । आगामी जनवरीमा स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गतको खेलमा रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको स्पेनिस टोलीले भोली बिहीबार काठमाडौंको दशरथ रंगशालामा काठमाडौं ११ सँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९