सांसद सरस्वती गुरुङ सम्मानित

आदर्श समाज सम्वाददाता
पौष १३, २०७९
Sarswoti Grg Photo

पोखरा । इन्द्रा क्षेत्री स्मृति मानव मिलन नारी जागरण पुरस्कारबाट प्रदेश सभा सदस्य सरस्वती गुरुङ सम्मानित भएकी छन् ।

मानव मिलन नारी जागरण नेपालकी संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित सो पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र छ । संस्थाको नवौं साधारण सभा तथा पाचौं अधिवेशन अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय, पार्दीकी संचालक ब्रह्मकुमारी अप्सराले सांसद गुरुङलाई नगदसहित सम्मानपत्र प्रदान गरेकी हुन् ।

कार्यक्रममा ब्रम्हाकुमारी अप्सराले सकारात्मक कार्य गर्नेहरुको सम्मानबाट नै समाज अघि बढ्ने बताइन् ।

सम्मानित व्यक्तित्व गुरुङले समाजसेवीको नाममा स्थापित पुरस्कार पाउँदा जिम्मेवारी थपिएको बताइन् । पुरस्कारवापतको रकम कुनै सामाजिक कार्यमा लगाउने उनले घोषणा गरिन् ।

कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, पुरस्कार छनोट समिति संयोजक लक्ष्मी शर्मा भट्टराई, स्व. इन्द्रा क्षत्रीको छोरी सुजता लगायतले संस्थाले महिलाको क्षेत्रमा उल्लेख्य काम गरेको बताए । संस्था अध्यक्ष सविता बरालको अध्यक्षतामा भएको कार्यक्रमको सदस्य गीता विष्टले सञ्चालन गरेकी थिइन् ।

अध्यक्षमा रमा

मानव मिलन नारी जागरण नेपालको अध्यक्षमा रमा ढकाल चयन भएकी छिन् ।

संस्थाको पाँचौं अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा मेनका पोखरेल, सचिव गीता विष्ट, सहसचिव देवी बराल र कोषाध्यक्ष रुक्मिणी खड्का चयन भए । निर्वाचित अध्यक्ष ढकालले संस्थाको गरिमा उचो पार्ने गरी नयाँ–नयाँ कार्यक्रम गर्ने प्रतिबद्धता जनाइन् । आफ्नो कार्यकालमा महिलाको हकहित अधिकारका लागि खटिने उनले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width